अब कतारले कामदारलाई चर्को घाममा काम लगाउन नपाइने

दोहा । कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो वर्षहरूझैँ काम गर्ने समय तोकेको छ।कामदारहरूमा जुन १५ देखि अगष्ट ३१ सम्मका लागि काम गर्ने समयसीमा तोकेको हो।

यो नियम खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारहरूको लागि मात्र लागू हुने बताइएको छ ।स्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले दिउँसो ११:३० बजेदेखि अपराह्‍न ३ बजे सम्मका लागि काम बन्द गर्नपर्नेछ।

Advertisement

साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्नेगरी टाँसिएको हुनुपर्नेसमेत मन्त्रालयले जनाएको छ । समाचारमा जनाइए अनुसार नियम उल्लघंन गरे कम्तीमा १ महिनासम्मको लागि बन्द गर्ने चेतावनीसमेत दिएको बताइएको छ।

More News last news
Loading...