विपद्मा खुमा अर्यालको साथ : बाढीपीडितका लागि डेढ करोडभन्दा बढी सहयोग

चर्चित उद्योगी तथा मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालद्वारा सञ्चालित कम्पनीहरूले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

अर्यालसँग सम्बन्धित शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपको तर्फबाट उक्त सहयोग रकम उपलब्ध गराइएको होरसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका तटीय क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको हो।

Advertisement

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा तथा सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष सहयोग रकम हस्तान्तरण गरेका हुन्। विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अर्यालद्वारा सञ्चालित कम्पनीहरूले उपलब्धगराएको उक्त सहयोगले तत्कालीन राहतसँगै प्रभावित परिवारको पुनःस्थापनामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीहरूले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेका छन्। साथै, उद्धार र राहतसँगै विपद्पछिको पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर प्रभावकारी काम गर्न सरकारलाई आग्रह गरेका छन्।

More News last news
Loading...