मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो मह। पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो, मह। यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ। आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रुपमा लिएको छ। महमा पोषक तत्त्वको भण्डार हुन्छ।
रासायनिक रुपले हेर्दा यसमा ग्लुकोज ३१.३ प्रतिशत, फ्रुक्टोज ३८.२ प्रतिशत, माल्टोज ७.१ प्रतिशत, सुक्रोज १.३ प्रतिशत, चिनी १.५ प्रतिशत, पानी १७.२ प्रतिशत, भस्म ०.२ प्रतिशत र अन्य रसायन ३.२ प्रतिशत हुन्छन्। यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन, आइरन आदि पाइन्छ। हाम्रो समाजमा महलाइ पोलेको/काटेको शारीरिक अंग र घाउमा समेत दल्ने गरिन्छ। महमा भएका पौष्टिक तत्त्वबाट घाउ निको पार्न र तन्तुको वृद्घिमा मदत पुग्छ। यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ।
दिनहुँ मह सेवन गर्दा हाम्रो शरीरमा शक्ति, स्फूर्तिसँगै रोगप्रतिरोधक क्षमतासमेत बढ्छ। दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ। उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ। यसका साथै हाम्रो शरीरका लागि मह र लसुन नियमित सेवन गर्नाले पनि धेरै फाइदा हुन्छन।
मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ।
दुबै मिसाएर खानुका १० फाइदाः
तौल घट्नुः
शरिर र लसुनको मिश्रणले शरिरको बोसोलाई कम गर्दछ। यसले तौल घटाउन सहयोग गर्दछ।
मुटुको समस्याः
यसले कोलेस्ट्रोल कम हुन्छ र रक्त संचारलाई सन्तुलनमा राख्दछ ।
बलियो दाँतः
यसमा पाइने फस्फरसले दाँत बलियो बनाउँछ । यसले गमको समस्याबाट पनि जोगाउँछ ।
क्यान्सरः
लसुन र महमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर हुनबाट जोगाउन सहयोग गर्दछ ।
संक्रमणः
यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसकारण फंगल इन्फेक्सन हटाउन यो फाइदाजनक हुन्छ ।
रुघा खोकीः
यो खाँदा शरिरमा गर्मी बढ्छ । त्यसकारण चिसो महिनामा रुघा खोकीबाट टाढा राख्छ ।
प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछः
लसुन र महले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले शरिरको संक्रमणबाट बचाउँछ ।
थाहा पाउनुस् लसुन खानुका अन्य फाइदाः
मधुमेहः
यसले रगतमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ। यसकारण यो मधुमेहका लागि फाइदाजनक हुन्छ।
रक्तचापः
यसमा एलिसिन हुन्छ जसले रक्तचापलाई साधारण राख्दछ। यसले शरिरमा बोसोलाई कम गर्नमा फाइदाजनक हुन्छ।
बाँझोपनः
यसमा सेलेनियम हुन्छ जसले बाँझोपनलाई हटाउन सहयोग गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
