छालालाई बच्चाको जस्तो मुलायम र सफ्ट बनाउन अप्नाउनुहोस् यी घरेलु उपाय

हावा धेरै चल्ने र धुलो पनि धेरै उड्ने हुँदा यौ मौसम छालाको लागि राम्रो मानिदैन। राम्रोसँग स्याहार नगर्ने हो भने यो मौसममा हातखुट्टाका छाला सुख्खा र फुस्रो देखिन्छ। पटक–पटक क्रिम लगाउदा पनि छालामा मुलायमपन देखिदैन र केही समयमै छाला सुख्खा हुन्छ। यो मौसममा छालालाई कोमल बनाई राख्न केही घरेलु उपाय प्रस्तुत गरिएको छ।

जानौँ ती घरेलु उपाय :

Advertisement

क्रिम भन्दा राम्रो तेलः यो मौसममा छालामा जति क्रिम लगाए पनि छालाको रूखोपना जाँदैन । यस्तो अवस्थामा क्रिमको साटो तेल लगाए राहत मिल्छ। राम्रो नतिजा पाउनका लागि तेललाई तताएर लगाउन सकिन्छ। नरिवलको तेल, बदामको तेल प्रयोग गर्न पनि सक्नु हुन्छ। तेल लगाउनाले नङलाई पनि फाइदा हुन्छ।

महः विशेषगरी जाडोमा मह सेवनले औषधिकै काम गर्छ। मह खानाले ईम्युन सिस्टम बलियो हुन्छ भने छालामा मह लगाउनाले कोमल बन्छ । राम्रो नतिजाका लागि यसमा बदामको तेल मिसाएर लगाउन सकिन्छ।

सुन्तलाको बोक्राः ताजा सुन्तलाको बोक्रालाई पिँसेर हातखुट्टामा लगाउनाले छाला कोमल र सुन्दर हुन्छ।

हातमा दाग भए यसो गर्नुहोस्ः यदि हातमा दाग छ भने कागतीको प्रयोग निकै लाभदायक हुन्छ । कागतीको बोक्रालाई पिँसेर बिस्तारै बिस्तारै रगड़्नाले दाग हराएर जान्छ।

ग्लिसिरीनः चिसोको एलर्जी छ भने छाला चिलाउने हुन्छ। यस्तो अवस्थामा गुलाब जलमा ग्लिसिरिन मिसाएर हातखुट्टा तथा शरीरमा लगाउनाले चिलाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ । साथै यसले अनुहारलाई चम्किलो र मुलायम पनि बनाउँछ। एजेन्सीको सहयोग

More News last news
Loading...