काठमाडौं । मिठाई खान मन पराउनेहरूले लड्डु खुबै रुचाउँछन्। बजारमा पाइने लड्डु महंगो पनि छ अनि अनेकथरी रंग मिसाइएकाले हानिकारक पनि। यहाँ हामी तपाईंलाई घरैमा नरिवलको लड्डु बनाउने तरिका सिकाइरहेका छौं।
सामग्री
घिउ दुई चम्चा
कोरेको नरिवल २०० ग्राम
दूध ९० मिलिलिटर
अर्गानिक फूड कलर अलिकति
धूलो तिनी ८० ग्राम
विधि
पहिला घिउ तताएर त्यसमा कोरेको नरिवललाई सुनौलो हुन्जेलसम्म भुट्नुस्।
अनि त्यसमा दूध र फूड कलर हालेर मज्जाले मिसाउनुस्।
त्यसमा धूलो चिनी हालेर पाँच मिनेट पकाउनुस्।
अब आगो निभाउनुस् र सेलाउन दिनुस्।
त्यसपछि एउटा भाँडोमा खन्याउनुस्।
त्यसपछि त्यो सामग्रीलाई हातमा लिएर लड्डुको आकार दिनुस्।
नरिवल लड्डु तयार भयो। यसलाई हावा नछिर्ने भाँडोमा राख्नुस्।
चारवटा जति लड्डु यसरी बन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
