काठमाडौँ । कानेगुजीलाई बेवास्ता नगर्नुस्। यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ।
१ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ।
२ कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो। तर जवानीमै यस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ।
३ व्यायाम गरेपछि कानमा अलिकति पसिना आउँछ। तर कानबाट लगातार पसिना चुहिन थाल्यो भने तत्काल चिकित्सकलाई भेट्नुस् किनकि तपाईंलाई कानको दीर्घरोग लागेको हुनसक्छ।
४ कानेगुजी पहेंलो वा हरियो वा कालो वा सेतो भयो भने तपाईंको कानमा संक्रमण भएछ भनी बुझ्नू। कानेगुजीको प्राकृतिक रंग हल्का सुन्तला र गाढा खैरो हो।
५ कानेगुजी कत्ले खालको भयो भने अनि तपाईंको कानको प्वाल सुक्खा भयो भने एक्जेमा रोग लाग्यो। तर चिन्ता नलिनुस्, यो उपचारले ठीक हुन्छ।
६ कानेगुजी गनायो भने कानमा संक्रमण भएछ भनी बुझ्नू।
७ कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिनू। यो केराटिटिस ओब्टुरान्स नामक रोगको लक्षण हुनसक्छ। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
