पति पत्नीबीचको सम्बन्ध सुमधुर बनाउन गर्नुहोस् यी काम

हरेका महिला वा पुरुषको सुखी वैवाहीक जीवन बनाउने सपना हुन्छ । यसका लागि दुबैले धेरै मेहनत पनि गरेका हुन्छन् । तर कोसिश गर्दा गर्दै पनि कहिले काहि थाहा नभइकन भएको गल्तीका कारण बैवाहिक जीवन नर्क बन्न सक्छ ।

१) हरेका महिलाले आफ्नो कमाई हेरेर घर खर्च गर्ने योजना बनाएका हुन्छन् र त्यही अनुरुप आफ्नो कमाइबाट रकम पनि छुट्याइएका हुन्छन्। कमाई र खर्च गर्नै विषयमा यदि श्रीमान श्रीमतीबीचमा समझदारी भएन भने वैवाहिक जीवनमा खटपट हुन थाल्छ। कमाइभन्दा धेरै खर्च गर्ने बानीले घरमा झगडा पैदा गर्छ।

Advertisement

यस्तैमा श्रीमान ऋणमा डुबेको बेला भएमा झन तनाव हुन्छ। यस्तो स्थितिमा श्रीमान श्रीमतीबीचमा मनमुटाव शुरु हुन्छ र सम्बन्ध नै विग्रन पनि सक्छ।

२) दैनिक जस्तो नकारात्मक कुरा एक अर्काबीचमा भइरहदा श्रीमान श्रीमतीबीचमा असमझदारी बढ्दै जाने हुन्छ। श्रीमान श्रीमतीले एक अर्काका नकारात्मक वा एक अर्काका कुरा काट्ने बानी छन् भने यसले पनि वैबाहिक जीवनमा ठूलो असर पुर्याउछ ।

श्रीमान र श्रीमती घरमा भएका बेलामा एक अर्कामा भएका नकारात्मक सोच आफ्नो दिमागबाट हटाउन पर्छ । श्रीमतीले श्रीमान घरमा आउदा हरेक पटक समस्यामात्र देखाउने वा सधै नराम्रो कुराको मात्र बढाइ चढाइ भन्ने बानीले एक अर्काको सम्बन्धमा दरार ल्याउन सक्छ ।

३) आफ्नो परिवार आमा,बच्चा साथीभाइ वा आफ्नो करिअरलाई मात्र ध्यान दिँदा पनि श्रीमान श्रीमतीबीचमा राम्रो समझदारी बन्न सक्दैन। आजभोलि धेरैको वैबाहिक जीवन एक अर्काको पेशाको सम्मान र एक अर्कालाई ध्यान नदिँदा वैबाहिक जीवन तहस नहस भएका छन्।

४) हरेक श्रीमती आफ्नो श्रीमानबाट अधिक माया गरोस भन्ने चाहना राखेकी हुन्छिन्। वैबाहिक जीवनलाई सधै शुखी बनाउन कहिले काहि एक अर्कामा रोमान्स पनि आवश्यक हुन्छ चाहे त्यो फिजिकल वा म्यानटल्ली।

५) श्रीमान श्रीमतीबीचमा कुराकानी गर्दा एक अर्काले के भन्न खोजेको प्रष्ट भन्न पर्छ। इशारा वा संकेतिक भाषामा नबुझ्ने गरि आफ्नो कुरा राख्दा एक अर्काले के भन्न खोजेको नबुझ्न भइ मिसअण्डरस्ट्याण्डिङ हुन गइ सम्बन्ध विग्रन सक्छ। विवाह पूर्वका आफ्ना राम्र वा नराम्र कुरा एक अर्काले आफै राख्न पर्छ यदि यस्ता कुरा अन्यबाट थाहा भएमा पनि वैबाहिक जीवनमा खटपट शुरु हुन्छ।

More News last news
Loading...