काठमाडौँ । अनुहारको चाउरीपना हटाउने निकै सरल उपायबारे आज हामी तपाईंलाई जानकारी दिन्छौं । यसको लागि मात्र ३ सामाग्रीको आवश्यकता पर्छ। यसको प्रयोग ३ दिनसम्म नियमित रुपमा गर्नाले चाउरीपनालाई सजिलै हटाउन सकिन्छ।
सामाग्रीहरु
१) १ वटा पाकेको केरा
२) १ वटा मध्यम आकारको गोलभेडा
३) १ चम्चा घ्युकुमारीको रस
बनाउने विधि
केराको बोक्रालाई निकालेर स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि २ चम्चा गोलभेडाको रस र घ्युकुमारीको रसलाई ब्लेन्डरमा हाली राम्ररी मिसाउनुहोस् । त्यसपछि यस पेस्टलाई अनुहारमा लगाउनुहोस् । यसलाई २५–३० मिनेटसम्म त्यसै छोड्नुहोस्।र सफा पानीले धुनुहोस्। यसो गर्दा केही दिनमै तपाईको अनुहारको दाग धब्बा हट्नुका साथै चाउरीपनाको समस्याबाट छुकारा पाउन सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
