मीठो स्वादसँगै उच्च पोषक तत्वयुक्त लिची फूर्तिदायक हुन्छ। यो मूलतः चीनबाट आएको फल हो।यो फल २००० ईशापूर्वदेखि नै चीनमा खाँदै आइएको हो।भारत विहारस्थित भारतीय कृषि अनसन्धान परिषद, राष्ट्रिय लिची अनुसन्धान केन्द्रका अनुसार यसमा सुक्रोज, फ्रुक्टोज र ग्लुकोज गरी तीनै प्रकारका चिनी पाइन्छ।
लिचीको फलमा करिब ६० प्रतिशत जुस, ८ प्रतिशत ¥याग, १९ प्रतिशत बीउ र १३ प्रतिशत बोक्रा हुन्छ। यसमा भिटामिन सी, पोटासियम र प्राकृतिक चिनी पाइन्छ।
लिचीमा चिनी १०/१२ प्रतिशत, प्रोटिन ०.७ प्रतिशत, बोसो ०.३ प्रतिशतलगायत धेरैजसो भिटामिनजस्तै सी, ए, बी १, बी २ प्रशस्त पाइन्छ। केन्द्रको तथ्यपत्रअनुसार लिचीमा थुप्रै रोगको प्रतिक्षात्मक क्षमता देखिएको छ। यो जानकारी आजको कान्तिपुरमा छापिएको छ।
यसमा एथोसायनिन, फिनोलिक्सजस्तो जैव सक्रिय यौगिक पाइन्छ। जसले मुटु रोग, मधुमेह, मिर्गौला रोग, क्यान्सरसँग लड्नमा प्रतिरोधी क्षमता दिन्छ। लिचीले क्यान्सरपीडित कोषिकाको विकासमा अवरोध गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
