केरा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । हरेकदिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहन्छ भने स्फुुर्ती बढ्छ।
केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । त्यसो त केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ ।
साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिटन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८/७ प्रतिशत हुन्छ । यसबाहेक अरु धेरै फाइदा पनि हुन्छ । ती यसप्रकारका छन् स्
१) केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ।
२) अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।
३) केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।
४) केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।
५) केरामा अत्यधिक फाइवर पाइन्छ ।
६) केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ।
७) अल्सरका विरामकिा लावि केराको सेवन लाभदायी हुन्छ ।
८) केरामा आइरन भरपुर मात्रामा हुन्छ। जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ।
९) तनाव क मगर्नका लागि पनि उपयोगी हुन्छ केरा ।
१०) केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
