यसकारण सीधै नपिउँनुस् फ्रिजको चिसो पानी

गर्मीको समयमा मानिसहरू प्राय: फ्रिजको चिसो पानी पिउन मन पराउँछन्। तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानि पुर्‍याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सीधै पिउँदा यस्तो हुनसक्छ :

वजन बढाउँछ : खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ। यसको खराब असर मेटाबोलिजममा पर्छ। जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ।

Advertisement

घाँटीको संक्रमण : धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ। यसरी धेरै चिसो पानी पिउनेलाई प्रायः टन्सिलको समस्या देखिने गरेको छ।

शरीरको तापक्रममा असर गर्छ : शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ। यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ। तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन। जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ।

मुटुको गति कम पार्छ : जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुनसक्छ। एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ। भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ। पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ।

पाचन प्रक्रियामा असरः  बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन।

More News last news
Loading...