अरुलाई देखाउनै लाज लाग्ने छन् खुट्टा ? आकर्षक बनाउ अपनाउनुहोस् यो घरेलु उपाय

एजेन्सी । खुट्टालाई गोरो बनाउनको लागि तपाईंले ३ चरणहरु अपनाउनुपर्ने हुन्छ। यसले तपाईंको खुट्टालाई चम्किलो र आर्कषक बनाउँछ।

१) नङ्ग र खुट्टाको क्लिनिङ्ग

Advertisement

सबैभन्दा पहिला रिमुभर र कपासको मद्धतले नङ्गको पोलिसलाई पुछ्नुहोस् । त्यसपछि एउटा भाँडोमा तातो पानी हाल्नुहोस् । यसमा आधा कप एप्पल सिडार भिनेगार वा २ चम्चा कागतीको रस , २ चम्चा बेकिङ्ग सोडा र ३ चम्चा स्याम्पुलार्ई राम्ररी मिसाउनुहोस् । आफ्नो खुट्टालाई यसमा १० मिनेटको लागि डुबाउनुहोस् । त्यसपछि खुट्टालाई रुमालले पुछेर सुख्खा बनाउनुहोस् ।

२) खुट्टाको स्क्रब

२ चम्चा बेकिङ्ग सोडा र २ चम्चा कागतीको रसलाई राम्ररी मिसाउनुहोस् । त्यसपछि टुथब्रशको मद्धतले नङ्गलाई सफा गर्नुहोस् । त्यसपछि खुट्टालाई यस पानीमा डुबाउनुहोस् । ५ मिनेटपछि खुट्टालाई निकाली रुमालले पुछ्नुहोस् ।

३) खुट्टालाई गोरो बनाउने प्याक लगाउने

६ चम्चा मुल्तानी माटो ९ फुलर्स अरथ ०, १ चम्चा कागतीको रस, २ चम्चा घ्युकुमारीको रस र २ चम्चा पानीलाई एउटा कचौरामा हाली राम्ररी मिसाउनुहोस् ।

स्याम्पुलाई सानो ढुङ्गामा हाली खुट्टामा बिस्तारै रगडनुहोस् । त्यसपछि पानीले खुट्टालाई सफा गर्नुहोस् । खुट्टामा मुल्तानी माटोलाई ५ मिनेटसम्म दल्नुहोस् । र १५ मिनेटसम्म त्यसै छोड्नुहोस्। त्यसपछि पानीले खुट्टालाई पखाल्नुहोस् । सुकिसकेपछि मोइस्चराईजरलाई लगाउनुहोस् ।

More News last news
Loading...