हिन्दू धर्ममा पिपलको रुखको धेरै महत्व छ। यो केवल धर्म संसारसँग मात्र नजोडी, वनस्पति विज्ञान र आयुर्वेदको अनुसार पनि पीपलको धेरै फाइदा छ। नेपालको धेरै स्थानमा पाउने पीपलको रुख आयुर्वेद औषधि हो। यसबाट कैयौँ पटक बिरामीको उपचार हुन्छ । गोनोरिया, डाईरिया, पेचिश, नसाको दुखाई आदिबाट मुक्त हुन यो बोटको प्रयोग हुन्छ। पीपलको रुखबाट धेरै फाइदा हुन सक्छ।
१) सास सम्बन्धि कुनै पनि समस्यालाई पीपलको रुख धेरै फाइदा हुन सक्छ। त्यसैले पीपलको पत्र निकालेर सुकाउनुपर्छ। सुकेको भागलाई धुलो बनाएर खादा सासको समस्या हट्छ।
२) पीपलको पत्रको भित्री भाग निकालेर सुकाउनुस र पिसेर धुलो बनाउनुस। यो धुलो दम रोगीले खादा आराम मिल्छ।
३) पीपलको कोमल पातलाई छायामा सुकाएर पिन्ने र आधा लिटर पानीमा एक चम्चा धुलो हालेर काढा बनाउने। यसमा पिनेको मिश्री हालेर खानाले रुघा खोकीबाट राहत मिल्छ।
४) पीपलको जरामा सबैभन्दा धेरै एंटीअक्सीडेन्ट पाइन्छ। यसको यही गुणले वृद्धावस्थाबाट टाढा राख्छ । यसको जरालाई छोटो गरेर काटी पानीमा भिजाएर पिन्ने र पेस्ट अनुहारमा लगाउनाले चाउरीपनाबाट छुटकारा मिल्छ।
५) पीपलको १० ग्राम पत्र , खएर र २ ग्राम मरिच पिनेर नियमित रुपमा मन्जन जस्तो प्रयोग गर्नाले दात हल्लिन , सड्न र गनाउन कम हुन्छ।
६) पैताला फुटेको ठाउँमा पीपलको पातको दुध निकालेर लगाउनाले केहि दिनसम्म यो समस्याबाट टाढा रहन सक्छौँ।
७) पीपलको ४/५ ओटा कोमल पात धेरै चपाएर खानाले र यसको पत्रलाई काढा बनाएर आधा कप मात्र पानी पिउनाले दाद जस्ता रोगबाट आराम मिल्छ।
८) पीपलको ताजा पात तताएर घाउमा लेप लगाउनाले छिट्टै घाउ सुक्छ। धेरै गहिरो घाउ भएको बेला यो विधि अपनाउदा छिट्टै ठिक हुन्छ।
९) पीपललाई पित्त नाशक पनि मानिन्छ। यसले पेटको समस्या ग्यासट्रिक र कब्जियतबाट राहत दिलाउँछ। पित्त बढ्नाले ग्यासट्रिक र कब्जियत पनि बढ्छ। यस्तो भएमा ताजा पातको रस एक चम्चा बिहान-बेलुका खानुपर्छ र पित्त नास हुन्छ।
१०) हेमोर्राइडको समस्या भएको बेला पीपलको ताजा पातको रस नाकमा राख्नुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
