गर्मीको मौसम सुरु भइसकेको छ। गर्मी सुरु भएसँग हाम्रो शरीरमा अत्यधिक पसिना आउने हुने गर्छ जसको कारणले हाम्रो शरीरमा पानीको मात्रा पनि कम हुने गर्दछ। यस मौसममा शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको पाइन्छ।
गर्मीमा मानिसहरु विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदानगर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन् । यस्तो अवस्थामा मानिसहरूलाई प्रायः फ्रिजको चिसो पानी पिउन मन पर्छ । तर, सधैँ-सधैँ फ्रिजको पानी पिउँदा हाम्रो शरीरलाई हानी र्पुयाउन सक्छ।
धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर हाम्रो घाँटीलाई गर्छ। यसरी धेरै चिसो पानी पिउनेलाई प्रायः टन्सिलको समस्या देखिने गरेको छ । खाना खानेबित्तिकै चिसो पानी पिउँदा हाम्रो पाचनप्रक्रिया ढिलो भएर रक्तसञ्चारमा असर हुने गर्छ ।
हामीले खाएको खाना ठीक तरिकाले नपच्दा हाम्रो शरीरलाई आवश्यक पोषक तत्त्व पनि मिल्दैन जसकारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ । चिसो पानी खाएमा हाम्रो शरीरको सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ । धेरै चिसो पानीले हाम्रो शरीरलाई उत्तेजित गराएर मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउँदछ । एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
