हेर्दा राम्रो, खाँदा मिठो लाग्ने आरुवखडा खानु स्वास्थ्यका लागि कति राम्रो ?

काठमाडौँ । आरुवखडाको सिजन सुरु भइसकेको छ । यो फल स्वादिलो र रसिलो हुने भएकाले धेरैले रुचाउँछन् तर यो फल धेरै खादा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

आरुवखडामा पर्याप्त मात्रामा भिटामिन सी रहेको हुन्छ जसले हाम्रो प्रतिरोधात्मक क्षमताको विकास गर्छ।

Advertisement

कम क्यालोरी हुनाले यसले मोटोपना घटाउन पनि मद्धत गर्छ। त्यस्तै छालाको लागि यो फाइदाकारी हुनुका साथै रगत जम्ने, तनाव हुने, कोलस्ट्रोलको बढ्ने जस्ता समस्याका लागि पनि यो लाभदायक मानिन्छ।

आरुवखडामा यसमा भिटामिन सी, ए, के, बी ६, का साथै पोटासियम, बेटा–कारोटिन, खनिज आदि तत्वहरु पाइन्छन् जो हाम्रो स्वास्थ्यका लागि अपरिहार्य छन् ।

आरुवखडका धेरै फाइदा भएता पनि यो खाँदा यी कुरामा ध्यान दिनुपर्छस्

–काँचो भन्दा राम्ररी पाकेको आरुवखडा पखालेर मात्र खाने। जस्तो पायो त्यस्तै आरुवखडा खानाले मासी पर्ने, झाडापखाला लाग्ने आदी समस्या हुनसक्छ।

–यसमा अक्सालेट्स भन्ने तत्व हुने भएकाले पत्थरी र मृगौला तथा पिसाब सम्बन्धी समस्या भएकाले नखाँदा राम्रो हुन्छ। आरुवखडा खाएपछि उपयूक्त मात्रामा पानी पिउनुपर्छ।

यस्ता छन् आरुवखडाका फाइदाहरु :

  • आरुवखडामा पर्याप्त फाइबर र सोर्विटोल तथा इसाटिन भन्ने तत्वहरु हुनाले यसले कब्जियत र अपच हुने जस्ता समस्याहरु रोक्छ ।
  • आरुवखडाले हाम्रो रक्तचापलाई सन्तुलनमा राख्छ र हृदयघात हुने सम्भावनालाई पनि कम गर्छ ।
  • आरुवखडामा एन्थोसायनिन नामको तत्व पाइन्छ जसले क्यान्सरको कारण मानिने हानीकारक फ्रि र्‍याडिकल्सहरुको सफाई गर्छ ।
  • आरुवखडामा ग्लुकोजको मात्रा कम हुने भएकाले मधुमेह नियन्त्रण गर्न पनि मद्धत पुर्‍याउँछ ।
  • आरुवखडामा धेरै मात्रामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले विर्सने रोगको सम्भावना कम गर्छ ।
More News last news
Loading...