नङ सुन्दरताको एक अङ्ग हो। जिउडाल मिलेको शरीर चिटिक्क परेर मात्रै सुन्दरताले पुग्दैन हुदैन। शरीरक विभिन्न अङ्गहरु पनि मिलेको हुनुपर्छ । जसमध्ये नङ पनि पर्दछ । तर कहिलेकाहीँ छालाभित्र नङ नराम्रो पलाउने, अफ्ठ्यारो गरि पलाउने जसले पिडा दिन्छ । यस्तो बेलामा पिडा नहुने गरि नङ काट्नु पर्दछ । बल जबर्जस्ति गर्नु हुदैन । हामी आफैले सजिलो तरिकाले निकाल्न पनि सक्छौ। यस्ता छन् सजिलो घरेलु उपाय :
ढिक्के नून : ढिक्के नूनले धेरैथरी रोगको उपचार गर्छ । भित्रभित्रै नङ बढ्ने समस्या पनि यसले ठीक पार्छ। ढिक्के नूनलाई तातो पानीमा हाल्नुस् । अनि आधी घन्टासम्म त्यो पानीमा औंला चोप्नुस्। नङ वरपरको टिस्यु काट्नका लागि छाला नरम बनाउनुपर्ने हुन्छ। यसो गर्दा काट्न सजिलो हुन्छ। र सजिलै काट्न सकिन्छ। काटिसकेपछि नङ भएको ठाउँ धुनुस् र एन्टीबायोटिक क्रीम लगाउनुस्। नङ काटिएको भागलाई एन्टीबायोटिक क्रीमको सुरक्षा आवश्यक हुन्छ । यसले संक्रमण हुन दिँदैन। अनि सफा ब्यान्डेजले बाध्नुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
