आँखा कमजोर छ ? यो जूस पिउँदा बढ्छ आँखाको ज्योति

एजेन्सी । आँखा शरीरको महत्वपूण अंग हो। आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं। आजकलको व्यस्त जीवनसैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ।

मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने अवस्था छ। यस्तोमा आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ। तर पनि तपाई नडाराउनुहोला। यसको उपचारका लागि घ्यू कुमारी र महको जूसको सहायतले तपाईको आँखामा देखिएको समस्या समाधानमा सघाउ पुर्याउँछ।

Advertisement

तपाईले चस्माको प्रयोग गरिरहनु भएको भएपनि नियमित रुपमा घ्यू कुमारी र महको जुसको प्र्रयोगले त्यसको अन्त्य हुन सक्छ।

आवश्यक सामाग्री

२ सानो चम्चा एलोवेरा (घ्यू कुमारी)को जूस
२ सानो चम्पा मह
२ चम्चा कागतीको रस
२ सानो चम्चा ओखरका टुक्रा
आवश्यकता अनुसार पानी

विधि

सवै सामाग्रिलाई एकसाथ मिलाएर मिक्सरमा पिस्ने।

तयार भएको जुसलाई छान्नुहोस् र एक गिलास बनाएर पिउनुहोस्। तपाईले यो जूसलाई खाना खानुभन्दा आधा घण्टा पहिला पिउनुभयो भने फाइदा हुन्छ। यसलाई नियमित रुपमा केही दिन सेवन गरेपछि नै यसको फाइदा देख्न सक्नु हुन्छ।

More News last news
Loading...