​यी चीज दहीमा मिसाएर खानुहोस्, मिल्नेछन् यस्ता अदभुत फाईदा

दही मन नपराउने मानिस कमै हुन्छन् । दही खानमा स्वादिलो मात्रै होइन यो हाम्रो स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ।

दहीमा राम्रो ब्याक्टेरिया, क्याल्सियम, भिटामिनहरु र मिनरल भरपूर मात्रामा पाइन्छ। जसले शरिरलाई धेरै खालका रोगहरुबाट बचाँउछ। धेरै मानिसहरु दहीको स्वाद बदल्नको लागि चिनी र नुन मिसाएर खान्छन्।

Advertisement

तर, यी दुई चिज बाहेक यस्ता केही अन्य चिज मिसाएर खाएमा शरिरलाई यसको दुईगुणा फाइदा मिल्छ। जस्तैः

१ कालो मरिचः यदि तपाईको तौल अत्याधिक धेरै छ भने दैनिक दहीमा कालो मरिच र बिरेनुन मिसाएर खानुहोस्। यसले शरिरमा जम्मा भएको बोसो कम गर्छ र तौल कम हुन्छ।

२ भातः केही मानिसलाई माइग्रेनको समस्या हुन्छ । यो दुखाई धेरै नै भयानक हुन्छ । यदि दही र भात मिसाएर खाएमा यसबाट धेरै आराम मिल्छ।

३ विरेनुन र भुटेको जिराः दहीमा विरेनुन र भुटेको जिरा राखेर खानाले स्वाद र भोक बढ्छ । यस बाहेक यसले पाचन प्रणाली पनि राम्रो हुन्छ।

४ ड्राइफ्रुट्सः दहीमा चिनीको साथमा ड्राइफ्रुट्स मिसाएर खानुहोस्। यसले कमजोरी हट्छ र तौल पनि कम हुन्छ। यसका साथै तपाई दिनभर फुर्तिलो महसुस गर्न सक्नुहुन्छ।

५ ज्वानोः दहीमा ज्वानो मिसाएर खानाले बाबासीरको रोगीलाई फाइदा पुग्छ । दहीमा ज्वानोलाई पिसेर मिसाउनुहोस् ।

६ महः मह र दही दुवै स्वास्थको लागि धेरै नै फाइदाजनक छ। यदि यी दुई चिजलाई मिसाएर खाएमा अनुहारको फोका, दागहरु ठिक हुन्छ र अन्यखालका समस्याहरु टाढा हुन्छन्।

७ केराः दहीमा केरा मिसाएर खानाले पेटको कैयौं समस्याहरु ठिक हुन्छन् । यसको साथै रक्तचाप पनि नियन्त्रणमा रहन्छ।

८ जौः दहीमा जौ ओट्स मिसाएर खानाले शरिरलाई क्याल्सियम, पोटासियम र प्रोटिन मिल्छ जसले हड्डी मजबुत हुन्छ।

९ सौफः यदि तपाईलाई अनिन्द्राको समस्या छ भने दहीमा सौफ मिसाएर खानुहोस् । यसले यो समस्या पनि टाढा हुन्छ। यस बाहेक ग्याँस र जलनबाट पनि रहात मिल्छ।

More News last news
Loading...