अत्यधिक पिसाब पोल्ने समस्या देखियो ? यी उपाय अप्नाउनुहोस्

पिसाब पोल्ने समस्या तपाईं हामीमध्ये धेरैलाई हुन्छ। यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ। प्रायजसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको छ।

किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ । कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ। यो समस्या महिला र पुरुष दुवैमा उत्तिकै मात्रामा पाइन्छ। पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्। मुत्रनलीको संक्रमण, मिर्गौलामा पत्थरी, सरीरमा पानीको कमी जस्ता कारणले पिसाव पोल्ने चिकित्सकहरु बताउँछन्। पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन।

Advertisement

कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा वीर्य कोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ। पिसाब पोल्नुका कारणहरु सामान्यदेखि निकै जटिलसमेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ। पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपायहरु हामी यहाँ उल्लेख छ। प्रसस्त मात्रामा पानी पिउनुहोस्।

पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ। दिनमा कम्तीमा २-३ लिटर पानी पिउनु आवश्यक छ। शरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढी हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ। अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस्। यी फलमा साइट्रस एडिस हुन्छ जसले मुत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ। अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ।

नरिवलको पानी पिउँदा पनि शरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ। योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घर्षणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ । यौनाङ्गको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यौनाङगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ। एजेन्सी

More News last news
Loading...