तपाई स्लिम हुन चाहनु हुन्छ ? त्यसो भए यसो गर्नुहोस्

आजभोलि मोटोपनको समस्याले धेरैलाई सताएको छ। हामी जो कोहि पनी आफ्नो शरिर स्लिम र छरितो भई सुन्दर देखियोस भन्ने चाहन्छौँ। हामी मध्ये धेरैले स्लिम हुन डाईटिङ गर्ने अथवा आजभोली बजारमा स्लिम हुने औषधी सेवन गर्ने गछौँ।

यस्ता औषधीहरु बजारमा प्रशस्त मात्रामा पाईन्छ। यस्ता केही औषधीहरुले साँच्चीकै स्लिम बनाउने भएता पनी केही औषधीहरुले केही काम नै नगर्ने धेरै गुनासोहरु सुन्न पाईन्छ। यस्ता औषधीले स्लिम बनाएता पनी यसका साईड इफेक्टहरु हुन्छन्। यसका साइडर्ईफेक्ट तत्काल नदेखिए पनी पछि देखा पर्ने हुन्छन्।

Advertisement

एउटा मोटो भद्दा शरिरले हाम्रो सौन्दर्यमा त ह्रास ल्याउँछ नै शरिर धेरै मोटो भएमा बिभिन्न रोगको शिकार समेत भईन्छ। धेरै मोटो शरिर हुँदा हामीलाई काम समेत गर्न असहज हुने हुन्छ। मोटो र भद्दा शरिरले गर्दा अरुको अगाडी मजाकको पात्र समेत भईन्छ। मोटोपन कसरी घटाउन सकिन्छ केही उपायहरु तल बताईएको छ। त्यस बमोजिम गरेमो तपाईको शरिर स्वास्थ्य स्लिम र सुन्दर देखिनेछ।

योगा गर्नुहोस्ः सबैभन्दा पहिला वज्रासनमा बस्नुहोस, शरीरलाई सीधा र दुबै हातलाई जाँघमा राख्नुहोस। सास भर्दै दुबै हातलाई माथि उठाउँदै पीठ पछाडी लैजाने। र बायाँ पाखुरालाई दायाँ हातले समात्ने। सास छाड्दै शरीरलाई अगाडीतर्फ झुकाउने। शिरले जमिनलाई नछोएसम्म पीठलाई सिधा राख्नुहोस र क्षमता अनुसार रोकिराख्नुहोस । अब बिस्तार–बिस्तारै सास लिँदै माथि उठ्नुहोस । आतलाई टाउकोमाथि लैजानुहोस र फेरी सास छाड्दै फेरी जाँघमा हात राख्नुहोस । यसरी वज्रासन योगा गरेमा तपाईको शरिर केही दिनमा नै स्लिम हुनेछ ।

लसुनः अचार वा सब्जीमा लसुनको नियमित प्रयोग प्रायजसो फाईदाजनक हुन्छ । लसुन मात्र रोग प्रतिरोधक क्षमतालाई विकास गर्ने नभई शरीरबाट दुषित पदार्थलाई निकाल्न मद्धत पनि गर्छ जसको फल स्वरुप तपाई स्वास्थ्य र सुन्दर देखिनु हुनेछ ।

नरिवल पानी: कम क्यालोरी र कम सोडियम भएको नरिवल पानीमा कोलेस्ट्रोल र चिल्लोपना कम हुन्छ। यो छालालाई भित्रबाट पोषण प्रदान गर्छ । र पाचन प्रक्रियालाई सक्रिय बनाउँछ जसले तपाईलाई स्लिम हुन मदत गर्दछ।

ग्रीन टी:  यसमा एन्टिअक्सिडेन्ट पाईने हुनाले फ्री ¥याडिकल्सलाई कम गर्छ। ग्रीन टीले दीमागि कार्य क्षमतामा बृद्धि गर्दै स्मरण शक्ति तेज बनाउनुको साथै तपाईको शरिरको तौललाई समेत कम गर्र्दछ।

अदुवा:  अदुवालाई सागसब्जीमा पनि प्रयोग गर्न सकिनुका साथै चिया र तातो पानीमा मिलाएर सेवन गर्न सकिन्छ। यसले पनि शरीरमा भएको फोहोर पदार्थ बाहिर निकाल्न मद्धत गर्छ र तपाईको शरिर स्लिम बन्न मदत गर्दछ।

More News last news
Loading...