गर्मीमा खुर्सानीको सेवगन गर्नु निकै फाइदाजनक

काठमाडौं। गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने भन्ने कुरा थाहा पाउन सकेमा धेरै समस्याहरु नजिक पर्दैनन्।

गर्मीमा खुर्सानीको प्रयोगले सहयोग गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर हो गर्मीमा खुर्सानीले जिउको तापमान नियन्त्रण गर्न सहयोग गर्छ।

Advertisement

चिसो सोडा रहेको पेय भन्दा पिरो खानाले गर्मीमा सहयोग गर्छ भन्दा अचम्म परिन्छ होला तर यो साँचो हो । चिसो पेयले पाचन प्रणाली लगायत धेरै शारिरिक असर गर्दछ । चिसो पेयले शारिरिक तापमानका लगि सहयोग नि गर्दैन।

साइन्टिफिक अमेरिकनमा ब्यरी ग्रिन लेख्छन ‘ मुखमा खुर्सानी वा मरिचको पिरो पुग्ने बित्तिकै केनद्रीय स्नायु प्रणालीले जिउमा तापमान बढेको सुचना पाउँछ र तुरुन्त तापमान मालउनका लागि जिउबाट पसिना निस्किन शुरु हुन्छ।‘

मुखको पिरोलाइ स्नायु प्रणालीले पुरै जिउको तापमान भनेर बुझ्दा गर्मीबाट बचाउन जिउले पसिना निकाल्छ जस्ले सितलता प्रदान गर्दछ।

जबसम्म पिरो खाना खाँदा शरिरमा पानीको मात्रा उपयुक्त रहिरहेसम्म पिरोले गर्मीमा शारिरिक तापमानलाई नियन्त्रण गरिरहन्छ । पिरो खानु छिटो र सरल उपाय हो। शरिरमा पानीको मात्रा उपयुक्त राख्न पानी पीउने काम भने गरिरहनु पर्छ।

More News last news
Loading...