खुट्टाको बुढी औँला र त्यसको आसपास दुख्छ ? युरिक एसिड हुनसक्छ

युरिक एसिड हाम्रो शरीरमा नभई नहुने तत्वो हो। यसले शरीरमा अक्सिजन विरोधीको रुपमा काम गरिरहेको हुन्छ। यसको मात्रा शरीरमा धेरै भए पनि कम भएपनी समस्या निम्ताउँछ। युरिक एसिड धेरै भयो र कुनै प्रकारको लक्षण देखिएन भने त्यसलाई हाईपरयुरेसेमिया भनिन्छ। युरिक एसिड तत्वोको नाम हो जसको घटिबढीले जोर्णेमा समस्या निम्ताउँछ।

खुट्टाको बुढी औठा र त्यसको आसपासको जोर्नी तातो भएर अचानक सुन्निनु र दुख्ने भयो भने त्यसलाई गाउट भनिन्छ। युरिक एसिडको मात्रा यो बेला हेर्यो भने पनि कहिलेकाही सामान्य पनि हुनसक्छ जसले गर्दा प्राये जसो स्वास्थ्यकर्मीहरु झुक्किने गर्नुहुन्छ र युरिक एसिड होइन भन्नुहुन्छ। तर यो भनेको पनि युरिक एसिड नै हो।

Advertisement

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ । यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ । प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ ।

सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ । युरिक एसिड भएको थाहा नपाएकाहरुलाई रातो मासुको अधिक प्रयोग र मध्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ।

– वंसानुगत
– मोटोपना
– म्रिगौलामा रोग भएको कारण

लक्षण

– खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु
– जोर्नी राति बढी दुख्नु
– दुखाइ सहनै नसक्ने हुनु
– लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु।
– ज्वरो आउनु, आदि

युरिक एसिड महिलामा बढी देखिन्छ कि पुरुषमा?

यो पुरुषहरुमा बढी देखिन्छ। अझै अधबैसे पुरुषमा यो बढी देखिन्छ।

युरिक एसिडले निम्ताउन सक्ने थप समस्याहरु :

हेर्दा साधारण देखिए पनि युरिक एसिडले धेरै समस्या निम्ताउने गर्दछ। युरिक एसिड धेरै भएको खन्डमा जोर्नीमा गएर क्रिस्टल बन्छ त्यसले गर्दा दुखाई भईरहेको हुन्छ।

– यसले जोर्नी बिगार्छ जसको कारण मानिस हिँड्डुल पनि गर्न सक्दैनन्।
– अचानक दुख्ने, प्राए दुखाई राती सुरु हुने
– लामो समय सम्म युरिक एसिडको उपचार नगर्दा जोर्नीहरुमा डल्ला डल्ला आउने जसले सुन्दरता पनि बिगार्ने गर्दछ।
– म्रिगौलालाई असर गर्ने
– म्रिगौलामा स्टोन बन्ने
– मुटुमा समस्या ल्याउने

के खाने के नखाने?
– युरिक एसिडमा सबै कुरा खान मिल्छ तर कती खाने भन्ने कुरामा ध्यान दिन जरुरी छ।

ध्यान दिनुप्र्ने कुराहरु

– नियमित व्यायम गर्ने
– पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ
– धूमपान र मध्यपानबाट टाढै बस्ने
– प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गोलभेडाको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने
– गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने
– शरीरको वजन घटाउने
– नियमित औषधिको प्रयोग गर्ने
– समय समयमा चिकित्सकको परामर्श लिने

( कन्सल्टेन्ट फिजीसियन तथा बाथरोग विशेषज्ञ डा. विनय कुमार रेग्मीसँगको अन्तर्वातामा आधारित)

More News last news
Loading...