एजेन्सी । कहिलेकाही गलत खानपानका कारण पेट दुख्ने जस्ता समस्या हुने गर्दछन्। तर तपाईलाई थाहा छ ? यस बाहेक यस्ता धेरै गल्ती हुने गर्दछन्, जसका कारण हामीलाई समस्या देखिन थाल्दछन्। जस्तै एसिडिटी, कब्जियत, ग्यास भरिने, अपच र पेट दुख्ने समस्याका कारण हामी पीडामा हुने गर्दछौँ। गलत बानीलाई सुधार गरेर यस्ता समस्याबाट बच्न सकिन्छ।
नगर्नुहोस् यस्ता गल्ती
१) आजभोलि धेरै मानिस तिर्खा लाग्दा पानीको साटो ड्रिंक पिउन मन पराउने गर्दछन्। जसका कारण तपाईलाई पेटसम्बन्धी समस्या देखिने गर्दछ। यसबाट बच्नका लागि ड्रिंक जस्तै बियर, कोक जस्ता कुराबाट टाढा रहनुहोस्।
२) कयौँ व्यक्तिहरु हतार हतारमा खाना खाने कारणले नचपाएर खाने गर्दछन्। जसका कारण खाना नपच्ने समस्या देखिने गर्दछ र एसिडिटीको समस्या बढ्ने गर्दछ। त्यसैले सधै खाना आरामले राम्रोसँग चपाएर खाने गर्नु पर्दछ।
३) स्मोकिंगको वानीले पनि पेटसम्बन्धी समस्या बढ्ने गर्दछ। स्मोकिंग गर्दा पेटमा एसिडको निर्माण हुने गर्दछ र जसका कारण एसिडिटीको समस्या हुने गर्दछ। यस बाहेक स्मोकिंगको वानीले क्यान्सर जस्ता खतनाक रोग समेत लाग्ने गर्दछन्।
४) आजभोलि धेरै जस्तो मानिस अधिक मात्रामा ससको सेवन गर्ने गर्दछन्। ससमा भरपुर मात्रामा फ्रक्टोज कर्न सिरप पाइने गर्दछ। जुन पेटसँग सम्बन्धीत समस्याको कारण बन्ने गर्दछ।
५) कहिले काही स्वादका कारण भोक भन्दा बढी खाना खाने गर्दछौँ। जसका कारण पनि पेट दुख्ने तथा एसिडिटीको समस्या हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
