एजेन्सी । के तपाई गर्भवती वा वजन कम हुने कारण आएको स्ट्रेच माक्र्स अर्थात सेतो धर्साका कारण पीडित हुनुहुन्छ ? स्ट्रेज माक्र्सका कारण साडी वा अन्य कपडा लगाउँदा समस्या हुने गर्दछ भने अब त्यसको चिन्ता लिन आवश्यक छैन्। आज हामी तपाईलाई स्ट्रेच माक्र्सबाट छुटकारा पाउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।
अण्डा
स्ट्रेच माक्र्स भएको भाग सबै भन्दा पहिले सफा गर्नुहोस् । त्यसपछि त्यसमा अण्डाको सेतो भाग लगाएर सुक्न दिनुहोस्। त्यसपछि त्यसलाई चिसो पानीले सफा गरेर जैतुनको तेलले मालिस गर्नुभयो भने स्ट्रेच माक्र्सबाट छुटकारा पाउन सकिन्छ।
आलु
आलुलाई काटेर त्यसको जुस निकाल्नुहोस्। त्यसपछि उक्त जुसलाई स्ट्रेच माक्र्स भएको भागमा लगाउनुहोस्। लगातार ३ हप्तासम्म यो विधि अप्नाउँदा तपाईको सेतो धर्सा हटेर जाने गर्दछ।
एलोभेरा जल
एलोभेरा जल स्ट्रेच माक्र्स भएको भागमा लगाउनुहोस्। १५ मिनेटपछि यसलाई चिसो पानीले सफा गर्नुहोस्। यसो गर्दा केही हप्तामै तपाईको स्ट्रेच माक्र्सको समस्या हटेर जान्छ।
तेलको मसाज
हरेक दिन तेलले मालिस गर्दा पनि स्ट्रेच माक्र्स हट्ने गर्दछ। त्यसका लागि तपाईले नरिवल, बदाम, जैतुनको तेलको प्रयोग गर्न सक्नुहुनेछ।
कफी र एलोभेरा प्याक
कफी र एलोभेरा मिलाएर त्यसको प्याक बनाउनुहोस्। त्यसपछि त्यसलाई स्ट्रेच माक्र्स भएको भागमा लगाएर १५, २० मिनेटपछि पानीले सफा गर्नुहोस्। एक महिनासम्म यसको प्रयोग गर्दा स्ट्रेच माक्र्स हटेर जान्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
