गर्दन दुखेर हैरान हुनुभयो ? यसरी गर्नुहोस् उपचार

एजेन्सी । ओछ्यानमा सुतेर किताब पढेमा, राती सुत्दा दाँत किटेमा गर्दनको मांसपेशीमा खिचाव पैदा भएर गर्दन दुख्ने गर्दछ।

त्यस्तै, गर्दनको हड्डी खिइएर ओस्टियोपोरोसिस भएमा, गर्दनको हड्डी वा डिस्क (हर्नियाबाट ग्रसित भएमा) दायाबाट सर्ने गर्छ, जसका कारण उक्त हड्डीले बाहिर भएका नशामा दवाव पैदा गरी गर्दनमा दुखाई उत्पन्न गराउँदछ। त्यसबाहेक, कुनै घाउ, चोट वा विमारीका कारण गर्दनमा कुनै समस्या पैदा भएमा पनि गर्दन दुने गर्दछ।

Advertisement

जसका कारण गर्दनलाई यताउता फर्काउन वा चलाउन समस्या हुने गर्छ। यस्तो समस्या भएमा लामो समयसम्म गर्दन दुख्न सक्दछ। सामान्यतया यस्ता समस्या दुईदेखि तीन हप्तामा आफै कम भएर जाने गर्दछ। तर कहिलेकाही घाउ, चोट वा अन्य कुनै कारणले गर्दा यो समस्या लामो समयसम्म रहिरहने गर्दछ। आज हामी तपाईलाई यस्ता समस्याबाट छुटकारा पाउने उपायका बारेमा जानकारी दिदैछौँ।

गर्दन देखेमा के गर्ने ?
१) फिजियोथेरापिस्टको निगरानीमा गर्दनको स्टे्रनिङ्ग एक्सरसाइज गर्नुहोस्

२) सर्भाइकल कोलार लगाउनुहोस्

३) सुत्ने बेलामा सानो तरीका वा पातलो तौलियाको प्रयोग गर्नुहोस्

४) मांसपेशीलाई आराम दिने औषधीको खानुहोस्

५) नदुख्ने औषधीको सेवन गर्नुहोस्

६) काम गर्दा सही पोजिसनमा बसेर काम गर्नुहोस् ताकी गर्दन सम्बन्धि कुनै समस्या नहोस्

More News last news
Loading...