१. आगोले पोलेमा
आगोले पोलेमा दहीमा बरको दाना पिसेर लेप बनाउनुहोस् । त्यसलाई जलेको भागमा लगाउनु होस्। जलेको स्थानमा बरको कोपिला वा कोमल पत्तालाई गाईको दहीमा पिसेर लेपन लगाउनाले पनि जलेको पीडा कम भएर आउँछ।
२. कपालको रोगमा
लहरे बरको पात २० ग्राम लिएर त्यसमा सय मिलीलीटर असलीको तेलमा मिलाएर कपालमा मालिस गर्नुहोस्। यसो गर्नाले कपाल सम्वन्धी रोग निको भएर जानकाुसाथै कपाल पनि पलाएर आउँछ। यसको कोमल पातको रस निकालेर बराबर मात्रामा सर्सिउँको तेल मिलाएर आगोमा तताएर कपालमा लगाउँदा कपाल सम्वन्धि सबै रोगहरुबाट छुटकरा पाइन्छ।
३. कपाल झरेमा
२५-२५ ग्राम लहरे बर र जटामसीको चूर्ण, ४ सय मिलीलीटर तिलको तेल तथा २ लीटर गुर्जोको रस एकसाथ मिलाएर घाममा सुकाउनुहोस् । यसको पानी सुकेपछि यसको तेल छान्नुहोस् । यो तेलले कपाल झरेर खाली भएको भागमा मालिस गर्नुहोस्। यसो गर्दा कपाल झर्न रोकिनुको साथै फेरि उम्रन्छ । लहरे बरको जटा र कालो तिल बराबर मिलाएर चूर्ण हुने गरी पिसेर टाउकोमा लगाउनुहोस् । यसको आधा घण्टा पछि कपाल सफा गरेर भांग्रा र नरिवलको दाना दुबै मिलाएर पिस्नुहोस्। यसलाई कपालमा लगाउनाले कपाल लामो भएर आउँछ।
४. नाकबाट रक्तश्राव भएमा
३ ग्राम लहरे बरको जटाको पाउडरमा दुधको लस्सीको साथ पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ । नाकमा लहरे बरको चोप निकालेर २–३ थोपा लगाउनाले पनि नाकबाट रगत बगेको निको हुन्छ।
५. अत्यधिक निन्द्रा लागेमा
लहरे बरको हरियो पातको १० ग्राम चूर्ण बनाएर १ लीटर पानीमा पकाउनुहोस्। यो एक चौथाई बनेपछि त्यसमा १ ग्राम नुन मिलाएर हरेक विहान बेलाुका पिउनाले आलश्य, निद्रा हटेर जान्छ।
६. सर्दीले सताएमा
लहरे बरको रातो रंगको कोमल पातलाई छाँयामा सुकाएर पिस्नुहोस्। आधा लीटर पानीमा यसरी पिसेको चूर्ण मिलाएर १ ग्राम नुन राखेर पकाउनुहोस्। पकाएर थोरै भएपछि यसमा ३ चम्चा सख्खर मिलाएर बिहान–बेलुका चिया जस्तै पिउनाले सर्दीले सताएको निको हुन्छ। टाउको दुखेको पनि निको हुन्छ।
७. हृदय रोगमा
१० ग्राम लहरे बरको कलिलो हरियो पातलाई १५० मिलीलीटर पानीमा उमाल्नुहोस्। यसमा थोरै मिश्री राखेर १५ दिनसम्म हरेक बिहान–बेलुका पिउनुहोस् । यसो गरेमा धड्कन कम हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
