जिम नगई दमदार शरीर बनाउन चाहनुहुन्छ ? डाइटमा सामेल गर्नुहोस् यी चीज

एजेन्सी । आजभोलिको समयमा हरेक व्यक्ति स्वस्थ्य शरीर चाहने गर्दछन्। जसका कारण उनीहरु बिहान बिहान घण्टौँ जिममा पसिना बगाउने गर्दछन्। विभिन्न किसिमका व्यायाम पनि गर्ने गर्दछन्। स्वस्थ्य शरीरसँगसँगै आजभोलिका युवाहरु राम्रो बढी पनि चाहने गर्दछन्।

राम्रो शरीर र बढी बनाउनका लागि जति गरुरत व्यायामको हुने गर्दछ, त्यती नै आवश्यक डाइटको पनि हुने गर्दछ। अध्ययनका लागि शरीर स्वस्थ बनाउनका लागि व्यायामको भूमिका ३० देखि ४० प्रतिशत हुने गर्दछ भने अरु डाइटको हुने गर्दछ। शरीरको टाइप र मेटाबोलिज्मका हिसाबले यदी डाइट नलिएमा तपाईको शरीरमा बढी बन्न सक्दैन्। आज हामी तपाईलाई शरीरमा बढी बनाउनका लागि डाइटमा सामेल गर्नुपर्ने केही खाने कुराका बारेमा जानकारी दिदैछौँ।

Advertisement

सोया प्रोडक्ट
यदी तपाई एक राम्रो बढी चाहनुहुन्छ भने तपाई डाइटमा सोयाबिन, सोया बरी, सोया मिल्क र तोफूको प्रयोग गर्नुहोस्। किनकी यसमा प्रोटिन, भिटामिन र मिनरल्सको मात्रा पाइने गर्दछ। तपाईले हप्तामा दुई वा तीन पटक सोया प्रोडक्टको सेवन आवश्यक पर्ने गर्दछ।

सखरखण्ड
सखरखण्डमा कार्बोहाइड्रेट प्रचुर मात्रामा प्राप्त हुने गर्दछ। जुन शरीर राम्रो बनाउनका लागि सहयोगी हुने गर्दछ।

च्याउ
च्याउमा पाइने न्यूट्रिएन्ट्स एक राम्रो शरीर बनाउनमा निकै सहयोगी साबित हुने गर्दछ। यसले लीन प्रोटीन मसल्सलाई बलियो बनाउने गर्दछ।

मासु
मिट वा चिकेन जस्ता खाद्य पदार्थमा प्रोटीनका साथसाथ आइरन, भिटामिन बी र अमिनो एसिड प्रचुर मात्रामा प्राप्त हुने गर्दछ। यो शरीर राम्रो बनाउनमा निकै फाइदाजनक हुने गर्दछ। त्यसैले तपाई हप्तामा एक पटक मासुको सेवन गर्नुहोस्।

अण्डा
एक राम्रो र आकर्षक शरीर बनाउनका लागि अण्डा निकै उत्कृष्ट मानिने गरिन्छ। अण्डाको सेतो भागमा ८५ प्रतिशत प्रोटीन र ० प्रतिशत फ्याट हुने गर्दछ। हाम्रो शरीरलाई बलियो बनाउनका लागि तपाईले दिनमा २ देखि ४ पटकसम्म उमालेको अण्डा सेवन गर्न सक्नुहुनेछ।

दूधजन्य उत्पादन
यदी तपाई डाइटमा हरेक दिन दूध, दही, पनिर जस्ता दूधजन्य उत्पादनको सेवन गर्न सक्नुहुनेछ। किनकी यसमा प्रोटीन प्राप्त हुने गर्दछ।

More News last news
Loading...