एजेन्सी । रिलेशनसिपमा कयौँ वर्षदेखि रहिरहँदा पछिल्लो समय तपाईलाई पत्नीसँग रोमान्स गाएब भएको महशुस भएको छ भने केही उपाय अप्नाउनु राम्रो मानिन्छ। यस्ता केही ५ उपायबाट तपाईले फेरि ताजा महशुस गर्न सक्नुहुनेछ। जीवन जिउन भोजन आवश्यक भए जस्तै प्रेम र रोमान्स पनि जीवनमा त्यत्तिकै महत्वपूर्ण रहने गर्दछ। तपाई पनि रोमान्सलाई पहिलेकै जस्तो ताजा बनाउन चाहनुहुन्छ भने यी ५ उपाय अप्नाउनुहोस् :
लामो यात्रा
आफ्नो जीवनसाथीसँग लामो यात्रामा जानुभयो भने तपाई निकै रोमान्टिक हुने गर्नुहुन्छ। यसो गर्दा तपाईको जीवन साथीसँग पहिलेको जस्तै ताजा रोमान्स महशुस तपाईले गर्न पाउनुहुनेछ। प्रयास गर्नुहोस् विहानको वाक र वेलुकीको डिनर साथमा गर्नुहोस्। यसले पनि तपाईको प्रेम ताजै रहन सहयोग गर्दछ।
आइ लभ यु
प्रेमलाई जगाई राख्नका लागि बेला बेलामा आइ लभ यु शब्दको बोल्न कन्चुस्याइ नगर्नुहोस्। मौका मिल्नासाथ प्रेम व्यक्त गर्नुभयो भने तपाईको सम्बन्ध ताजा रहने गर्दछ।
हास्ने प्रयास
जीवनमा गम्भिर रहनु पर्दछ, तर हरेक समय तपाई गम्भिर रहनु भयो भने रुष्ट देखिनु हुनेछ। त्यसैले कहिले काही जोक्स भन्ने रमाई गर्ने र हास्ने प्रयास गर्नुहोस्। यसले तपाईको स्वास्थ्यसँग प्रेम सम्बन्धलाई पनि मजबुत बनाइराख्न सहयोगी हुने गर्दछ।
अंकमाल गर्नु
जीवन साथीलाई अंकमाल गर्न नभुल्नुहोस्। जब तपाईले अंकमाल गर्नुहुन्छ तब प्रेमको भरिने गर्दछ। रोमान्सलाई सबै ताजा बनाउनका लागि सबै भन्दा राम्रो उपाय अंकमाल हुने गर्दछ।
चुम्बन
प्रेम सम्बन्धलाई ताजा बनाइराख्नका लागि चुम्बन निकै जरुरी हुने गर्दछ। जीवन साथीलाई आँखामा हेरेर चुम्बन गर्न नभुल्नुहोला।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
