गर्मी मौसममा मोही पिउँदा तौल घट्छ, ग्याष्ट्रिक भाग्छ

गर्मी समयमा गर्मी भगाउन प्रायले कोल्ड ड्रिङ्क्सको सहायता लिने गर्दछन्। तर के तपाईलाई थाहा छ गर्मी मौसममा कोल्ड ड्रिक्स भन्दा मही निकै फाइदाजनक हुने गर्दछ।

नियमित रुपमा मही खानाले पेटसम्बन्धी सम्पुर्ण रोग निको हुन्छ । यसमा पाइने तत्वले पाचनक्रियालाई सहयोग पुर्याइ ग्याष्ट्रिक बढ्न दिदैन। महीबाट भिटामिन बी कम्प्लेक्स, प्रोटिन र पोटासियम पाइन्छ । मही खानाले शरिरलाई उर्जा प्राप्त हुन्छ र फ्रेस महशुस हुन्छ।

Advertisement

पेट पोल्ने तथा ग्याष्ट्रिकले अति नै सताएको छ भने घुट-घुट गर्दैै मही पिउनुस्। एकैछिनमा ठिक हुन्छ। साथै महीमा अदुवा तथा कालो मरिच राखेर पिउनाले अमिलो डकार आउने बन्द हुन्छ।

गर्मी समयमा शरिरमा पानीको मात्रा कम हुन्छ। यस्तो अवस्थामा मही पिउने गनुस्। महीमा पाइने इलेक्ट्रोलाइटले डिहाइड्रेसनको समस्या निर्मुल पारिदिन्छ।

तैलीय तथा मसालेदार खानाले शरिरमा वोसो जम्मा हुँदै जान्छ। तर खानापछि एक गिलास मही पिउनाले शरिरमा वोसो जम्न पाउदैन साथै यसले कोलस्ट्रोललाई नियन्त्रण गर्दछ।

More News last news
Loading...