खाली पेटमा नखानुहोस् यी खानेकुरा, जसले निम्त्याउछ स्वास्थ्यमा जटिल समस्या

एजेन्सी । कहिलेकाहीँ खानेकुरामा ध्यान नदिँदा स्वास्थ्यमा ठुलै समस्या निम्तिन सक्छ । मानिसमा धेरैजसो रोगहरु जीवनशैलीको आधारमा लाग्ने गर्छन् । अझ त्यसमध्ये पनि धेरै रोगहरु हाम्रो खानपिनको बानीमा भएको लापरबाहीले लाग्ने गर्छन् ।

चिया कफि
बिहान उठ्ने बित्तिकै खाली पेटमा कफि पिउँदा स्वास्थ्यमा नराम्रो असर पर्छ। पेट पोल्ने र ग्यास भरिनेजस्ता समस्याले दिनभरी सताउन सक्छ। बिहान खाली पेटमा कफि पिउने धेरै व्यक्तिको नियमित बानी हुनसक्छ। एकपटक कफि पिउने बानी लाग्यो भने छोड्न निकै गाह्रो पर्छ। एसिडिटी, ग्यास्ट्रिक, छातीमा जलन हुने र पाचनशक्ति कमजोर हुने जस्ता समस्याले बिकराल रुप लिन समय लाग्दैन्।

Advertisement

परौठा
खाली पेटमा परौठा वा तेलमा तारेको खानेकुरा खानुभन्दा स्वास्थ्यलाई नराम्रो अरु केही नहोला। एसिडिटी र चिल्लो पदार्थको मात्रा शरीरमा धेरै हुनाले मोटोपना पछि अल्छिपना जस्ता समस्याले सताउन सक्छ।

केरा

नेपालीहरुमा एक नराम्रो बानीको विकास भएको छ। खाली पेटमा फलफूल खाँदा स्वस्थ र राम्रो देख्न सकिन्छ भन्ने बुझाई छ। बिहान खाली पेटमा केरा खानाले मुटुमा असर पर्छ।

केरामा म्याग्नेसियम र पोटासियम अधिक मात्रामा पाइन्छ। ब्याक्टेरिया सक्रिय भइ स्वत असर मुटुमा पर्छ। खाली पेटमा तीनवटा केरा खाएमा दिनभरी मुटु दुख्ने समस्याले सताउन सक्छ।

More News last news
Loading...