काठमाडौं । केही साता यता काठमाडौं उपत्यका लगाएत मुलुकका अधिकांश ठाउँहरुमा ह्वात्तै गर्मी बढेको छ। यस्तो गर्मीको मौसममा फलफूल सेवन गर्नु स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ । गर्मी मौसममा फलफूल नियमित फलफूल सेवन गरियो भने यसले शरीरमा शितलता प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि गर्छ।
अधिकांशमा फलफूलमा पानीको मात्रा ज्यादा हुने हुनाले यसले शरीरमा पानीको मात्रालाई पनि पूरा गर्छ।
– काँक्रोः
काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौषममा यसको सेवन गर्नु उपयुक्त हुन्छ। यसको सेवनले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाई राख्न मद्दत गर्छ र शरीरमा विभिन्न रोगहरु लाग्नबाट बचाउँछ।
– खरबुजाः
खरबुजामा पानीको मात्रा ज्यादा हुने हुनाले यसको सेवन शरीरमा पानी आपूर्ति गर्छ। साथै यसले शरीरमा शीतलता प्रदान पनि गर्छ। गर्मी मौषममा पाइने फल खरबुजामा हुने तत्वले पेटसम्बन्धि समस्या (ग्याँस्ट्राइटिस, कब्जियत) बाट मुक्ति मिल्छ। यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ।
– आँपः
आँपको सेवन स्वास्थ्यका दुष्टिकोणले निकै लाभदायी हुन्छ। यसमा हुने विभिन्न तत्वले शरीरमा शक्ति पैदा गर्छ । आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ।
– लिचीः
गर्मी मौषममा पाइने फल मध्ये लिची पनि लोकप्रिय फल हो। यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ।
– अंगुरः
अंगूरमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट नामक तत्व पाइन्छ, जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ । अंगूर शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल पनि हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
