गर्दनको कालोपनलाई गोरो बनाउने यस्तो छ सजिलो घरेलु विधि !

मानिसहरु बढी अनुहारमा ध्यान दिन्छन् तर गर्दनमा खासै वास्ता गर्दैनन् । फलस्वरुप: गर्दनमा कालो दाग बस्छ । अनुहारका लागि महँगा ब्रान्डेड कस्मेटिक देखि घरेलु उपचार विधि सम्म अपनाउने हामीले घाँटी वा गर्दनलाई गोरो बनाउन त्यति प्राथमिकता वा ध्यान दिदैनौ ।

यसको फलस्वरूप कुनै कार्यक्रममा जाँदा आफैं लज्जित हुनुपर्ने अवस्था सिर्जना हुन्छ किन की अनुहार सफा र चम्किलो तर घाँटी भने जत्ति पाउडर लगाए पनि कालै । यसरी घाँटी र अनुहारको कलर पुरै छुट्टिने हुँदा मानिसहरुको आँखा सुरुमै यस भागमा पर्न जान्छ ।

Advertisement

यसकारण घाँटी वा गर्दनलाई पनि सफा गर्नु उत्तिकै जरुरि छ। किन की फेसको चमकले मात्र मानिसलाई आकर्षक र सुन्दर देखाउँदैन ।

त्यस्तै आज हामी तपाईलाई यस्तो उपाय बताउन गइरहेका छौं कि जसले तपाईको गर्दनको कालोपना एक महिनामै हट्छ । यस उपायको असर १० दिनदेखि नै देखिन थाल्छ । ब्यूटी एक्सपर्टका अनुसार यसलाई हटाउन तपाईले धेरै मेहनत गर्नु पर्दैन ।

आलु र कागती: एउटा आलुलाई ताछेर धुने त्यसलाई सफा सिलौटा या ब्लेन्डरमा आधी कागती काटी रस निचोरेर ६(७ थोपा ताछेको आलु सँगै मिलाई पिस्ने र आधी कागती काटी रस निचोरेर ६(७ थोपा ताछेको आलु सँगै मिलाउने अब यो मिश्रणलाई फेशवासले धोएको सुक्खा अनुहारमा बिशेष गरी दाग भएको एरीया ल’गायत अनुहार भरी लगाएर २० मीनेट राख्ने अनि सफा मनतातो पानीले धुने।

तपाईले जम्मा दुई चीजको प्रयोग गरे हुन्छ ।

चाहिने सामग्री:

मन्जन (थोरै मात्र), एलोवेरा जेल (एक चम्चा)

बनाउने विधि:

एक सफा कचौरामा थोरै मात्रामा मन्जन र एक चम्चा एलोवेरा जेल राख्ने । त्यसपछि यी दुई सामग्रीलाई १ मिनेट सम्म फिटेर मिसाउने । त्यसपछि पेस्ट तयार हुन्छ ।

अब एक कचौरा मन तातो पानी लिनुहोस् यसमा एक चम्चा नुन हाल्नुहोस् र मिसाउनु होस् ।

लगाउने विधि:

अब एउटा सानो सफा रुमाल लिनुहोस् र यसलाई नुन पानीमा चोपेर गर्दनमा ५ मिनेटका लागि मसाज गरे जसरी लगाउनु होस्। ५ मिनेट नुन पानीले मसाज गरे पछी सफा टावेलले पुछ्नुहोस् ।

यसपछि हामीले बनाएको मन्जन र एलोवेरा जेलको पेस्टलाई हातको औंलामा थोरै थोरै मात्रामा लिएर गर्दनमा लगाउनु होस् । लगाईसकेपछी १५ मिनेटका लागि यत्तिकै छोड्नुहोस्। १५ मिनेट पछी गर्दनलाई पखाल्नुहोस् ।

यस विधिलाई हप्ताको ३ पटक प्रयोग गर्नुहोस् जसले कालो गर्दनलाई छिट्टै गोरो बनाउन मद्धत गर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ ।

More News last news
Loading...