मेथी दानामा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यस्को सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ। मेथीदानामा रहने गुणका कारण मनिसको स्वास्थ्यको लागि यो अमृत समान रहेको छ। मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, कैल्शियम, राइबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, मैंगनीज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ।
यस्ले भोक जगाउँदछ। मेथीदानालाई अनेकन औषधीय प्रयोग गर्न सकिन्छमेथीको सेवनबाट वायु (गैस, कफ, बलगम) तथा र ज्वर (बुखार) निर्मुल हुन्छ। वात रोग (जोर्नीमा दुख्ने) मा मेथीको पाउडरलाई मट्ठा-महिको साथमा पिउँनाले फाइदा हुन्छ।
विहानै मेथी दानाको धुलो एक चम्मचको मात्रामा पानीको साथमा सेवन गर्नाले घुँडा दुख्ने समस्या रहन्न। खासगरी बुढापामा घुँडा दुख्ने समस्या रहन्न । मेथीको रस निकालेर विहान वेलुका पिउँनाले मधुमेह ठिक हुन्छ । कालो अङ्गुरसँग मेथीको रस समान मात्रामा लिनाले बवासीर ग्रस्त रोगी ठिक हुन्छ।मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ । मेथीको तरकारीमा अदुवा गरम ससला हालेर सेवन गरेमा निम्न रक्तचाप भएकोमा फाइदा पुग्दछ ।
मेथीको काढा कानको दुखाई, सर्दी, मिर्गी, लकवा तथा फालिज इत्यादि रोगमा लाभप्रद हुन्छ । नपुंसकता, कमजोरी, गठिया (जोर्नी दुखेको), मधुमेह, बाल रोग, कब्जियत, अनिद्रा, मोटापा, रक्तातिसार तथा जलन आदि रोगमा मेथीको सेवन लाभप्रद र हितकारी हुन्छ ।
कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ। टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो। मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँको समस्या तत्काल समाधान हुन्छ ।
डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।
थप जानकारी
मेथीको दानाले पार्ने प्रभाव
मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ । मेथीको दानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न फाइदा पुर्याउने गर्दछ ।
हामी मध्ये धेरै जसोलाई मेथी मन नपर्न पनि सक्छ तर हामीलाई लाग्छ यो पढे पछि तपाइको मन बदलिने छ । यस्ता छन् बहुउपयोगी मेथीका फाइदाहरु –
१. मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
२. चम्किलो छाला
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ ।
मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।
३. पाचन प्रणालीमा सुधार
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।
४. सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । यसैले मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
५. मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।
६. ज्वरो नियन्त्रण
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।
७. महिलालाई उपयोगी
मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।
८. कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
९. चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।
१०. डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
