जानिराख्नुहोस्, गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

आँखा हाम्रो शरीरको संबेदनशील अङ्ग मध्ये एक हो । जसलाई हामीले अत्याधिक ध्यान दिनु जरुरी हुन्छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन् ।

संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन् ।

Advertisement

यी समस्याबाट बच्न के गर्ने ? जानी राखौं।

१. आँखामा जथाभावी औषधि नराख्ने

२. कचेरा आएमा आँखालाई हातले नछुने

३. आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने

४. आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।

५. गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने६. आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने

७. आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने

८. आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने

९. आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने

१०.आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ ।

More News last news
Loading...