एकदमै दुब्लो, पातलो र कमजोर हुनुहुन्छ ? यी चीज खानुहोस्, ५ दिनमै बढ्नेछ तौल र जाँगर

कोहि व्यक्ति जस्तो खाना खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुन्छ भने कोहि व्यक्तिहरु भने जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ। बिहानको खाजा देखि बेलुकाको भोजन सम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ। यसकारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरु शरीरको लागि एकदम बेफाइदा हुनुका साथै यसले नोक्सान पुर्याउँछ।

हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले एकदम महत्वपूर्ण भूमिका खेल्दछ। आज हामी प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण यस्तो अद्भुत खानेकुरा वा चीज बताउन गइरहेका छौँ, जसको सेवन गर्नाले तपाइँको वजन केहि हप्तामै बढेर शरीरलाई स्फुर्त, बलियो, जाँगरिलो र मजबुत बनाउँछ। यो तौल बढाउनको लागि १०० प्रतिशत प्रभावकारी आयुर्वेदिक घरेलु उपाय हो।

Advertisement

१. यी चमत्कारिक घरेलु चीज हुन्, साबुदानाको खीर र आलु।

कसरी खाने?

हरेक दिन दुधमा साबुदाना मज्जाले पकाएर खीर बनाएर खाने गर्नुहोस्। यसले शरीरमा उर्जा प्रदान गर्नुका साथै जस्तोसुकै पातलो मान्छे पनि बलियो, मोटो र मजबुत हुन्छ। त्यस्तै दोस्रो चीज हो आलु। यसको लागि ३ ओटा ठुलो ठुलो आलु उमाल्ने। हरेक दिन यसरी उमालेको आलु खानुहोस्। आलुमा भरपुर मात्रामा कार्बोहाइड्रेट हुन्छ जसले पातलो वा दुब्लो व्यक्तिलाई फुर्तिलो र स्फुर्त बनाई शरीरको तौल बढाउँछ। एजेन्सी

More News last news
Loading...