यी चीजले गर्दछन् शरीरको विषालु पदार्थ बाहिर निकाल्न सहयोग

एजेन्सी । शरीरमा विषालु पदार्थ निकाल्नका लागि लिभरको महत्वपूर्ण भूमिका रहन्छ। खराब खानपान, अल्कोहल सेवन र अनियमित जीवनशैलीका कारण शरीरमा विषालु पदार्थ जम्मा हुने गर्दछ। उक्त विषालु पदार्थले शरीरका विभिन्न अंगलाई हानी पुर्याउने गर्दछ।

औषधि भन्दा यी प्राकृतिक तरिकाले शरीरमा विषालु पदार्थ बाहिर निकाल्नु सबैभन्दा उत्तम मानिन्छ।

Advertisement

मह, कागती र रातो पानी
शरीरको सबै विकारयुक्त पदार्थ निकाल्नका लागि सबै भन्दा राम्रो तरिका तपाई विहान विहान मह र कागती तातो पानीमा मिसाएर खानुहोस्। यसले शरीरमा एसीडीटीको सन्तुलन बनाइराख्न सहयोग गर्दछ। एक गिलास तातो पानीमा एक चम्चा मह र आधा कागती निचार्नुहोस् यसलाई राम्रोसँग मिक्स गरेर बिहान बिहान पिउनुहोस्।

ग्रीन टी

एन्टीअक्साइटेडबाट भरपुर ग्रीन टीले पनि शरीरमा भएको विकारयुक्त पदार्थ निकाल्न सहयोग गर्दछ।

अदुवा
अदुवा पनि बहुउपयोगी गुणले भरिपूर्ण छ। यसले मेटाबोल्जिम दुरुस्त राख्नका लागि सहयोग गर्दछ साथसाथ यसले हाम्रो लिभरको काम गर्ने क्षमता पनि बढाउने गर्दछ।

लसुन
लसुन पनि हाम्रो शरीरका लागि निकै महत्वपूर्ण मानिने गरिन्छ। यसले प्राकृतिक डिटोक्सिफाइग एजेन्टका रुपमा काम गर्दछ। लसुनमा पाइने एलिसिनमा एन्टी वायरल, एन्टी ब्याक्टेरिलय, एन्टी फंगल र एन्टी अक्सिडेन्ट प्रपर्टीज पनि हुने गर्दछ।

फाइबर युक्त चीज
शरीरबाट प्राकृतिक रुपमा विषालु पदार्थ निकाल्नका लागि तपाई आफ्नो खानामा फाइबर युक्त चीज अवश्य सामेल गर्नुहोस्। जस्तै अन्न, तरकारी फलफुललयागतका चिजले पाचन तन्त्र दुरुस्त राख्नमा सहयोग गर्दछ।

More News last news
Loading...