तपाईंलाई नौलो मिठाइ खान मन छ ? त्यसोभए आलुको बर्फी बनाएर खानुस् न । यहाँ हामी विधि सिकाउँछौं ।
सामग्री
चारवटा आलु (उम्लेको)
एक कप कोरेर झुरा पारेको नरिवल
आधा कप चिनी
दुई ठूला चम्चा घिउ
दुई ठूला चम्चा अलैंची धूलो
एक ठूलो चम्चा मसिनो गरी काटिएको पिस्ता र बदाम
विधि
सबभन्दा पहिले आलुलाई मिक्सरमा पिसेर पेस्ट बनाउनुस् ।
सानो आगोमा घिउ तताउनुस् ।
घिउ तातेपछि आलु हाल्नुस् र दुईतीन मिनेटसम्म भुट्नुस् ।
त्यसपछि चिनी हालेर मजाले मिक्स गर्नुस् ।
अब कोरेर झुरा पारेको नरिवल र अलैंचीको धूलो हालेर मिक्स गर्नुस् ।
अब एउटा गहिरो थालमा घिउ दलेर माथि बनाएको पेस्ट हालेर समतल बनाउनुस् । त्यसमाथि पिस्ता र बदाम छरेर सेट हुनका लागि छोडिदिनुस् ।
पेस्ट जमेपछि चक्कु लिएर बर्फीको आकारमा काट्नुस्।
लौ, आलुको बर्फी तयार भयो।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
