एजेन्सी । सबै स्वस्थ र फिटनेस रहिरहने मन सबैको हुन्छ। तर हाम्रो दैनिक क्रियाकलापले आफूले आफूलाई रोगको मुखतिर पुर्याइरहेको हुन्छौँ। हामीले दैनिक जीवनमा सामान्य केही कुरामा मात्र ध्यान दिनसक्यौँ भने हामी स्वस्थ रहन्छौँ । आज हामी तपाईलाई स्वस्थ रहन ध्यान दिनु पर्ने सामान्य कुराका बारेमा जानकारी दिदैछौँ।
मनतातो पानी पिउने
नियमित रुपमा दिनमा विहान बेलुकी दुई, चार गिलास मनतातो पानी पिउनुपर्छ । यसले पाचन प्रक्रिया चुस्त एवं तन्दुरुस्त हुन्छ । मुटु रोगको खतरा पनि कम हुन्छ ।
केहि समय घाममा
हरेक दिन कम्तीमा आधा घण्टा घाममा बिताउनुपर्छ । यसले भिटामिन डि प्राप्त हुन्छ । शरीरको कतिपय दुखाई कम हुन्छ ।
सिधा पोजिसनमा बसौं
अफिसमा काम गर्दा होओस् वा अन्य कुनै समयमा झुकेर, खुम्चिएर बस्नु हुँदैन । यसरी बस्दा शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुगिरहेको हुन्छ । सोझो वा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ।
नास्ता गरौं
आयुर्वेदमा उल्लेख भए अनुसार बिहानको नास्ता लिनैपर्छ । बिहान नास्ता गर्नु हाम्रो पहिलो प्राथमिकता हो । नास्ता ७ देखि ९ बजेको बीचमा लिनुपर्छ । यसले मस्तिष्क सक्रिय रहनुका साथै इनर्जी लेभल बढ्छ ।
फलफूल
मौसम, सुन्तला लगायतका रसिलो फलफूलमा भिटामिन सीका साथै भरपूर मात्रामा खनिज तत्व पाइन्छ । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ । फलफुल सिधै, काटेर वा त्यसको जुस बनाएर पनि सेवन गर्न सकिन्छ ।
सलाद
खानामा सलादको सेवन जति धेरै गर्यो, स्वास्थ्यका लागि त्यति राम्रो मानिन्छ । सलादले खानालाई पचाउन मद्दत गर्छ। जसमा काँक्रो , टमाटर, मुला, गाजर , प्याज, चुकन्दर प्रयोग गर्न सक्नुहुन्छ।
योग
योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोगमुक्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले, दिनमा कम्तीमा पनि आधा घण्टा योग तथा प्राणायाम गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
खुशी रहने
स्वस्थ शरीरका लागि हास्न जरुरी छ । हास्नाले शरीरमा रक्तप्रवाह प्रभावकारी रुपमा हुने गर्छ । त्यस्तै, शरीरमा अक्सिजनको पूर्ति राम्ररी हुन्छ । साथै यसले रिस कम गर्नुका साथै तनावलाई समेत कम गर्दछ । त्यतिमात्र हैन, यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने हुदाँ दिनमा धेरैभन्दा धेरै हास्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
लामो स्वास लिने
ब्रेकफास्ट गर्नुअघि खाली पेट व्यायाम एवं योग गर्नुपर्छ । यसले शरीरमा नयाँ उर्जा प्रवाह गर्नका साथै रक्त संचारलाई पनि बढाइदिन्छ । खुला हावामा उभिएर ५ देखि १० मिनेटसम्म पुरा फोक्सो फुलार सास लिनुपर्छ । यसले शरीरमा अक्सिजनको मात्रा पुरा गर्छ । साथै फोक्सो स्वस्थ्य र बलियो बन्छ ।
सही खानपान गरौं
हरेक दिन नियमित तालिका अनुसार खानेकुरा सेवन गरौं । खानेकुरा सुपाच्य, सन्तुलित होस् । तर, एकै पटकमा थरीथरीका खानेकुरा सेवन नगरौं । बरु दिनभरमा पटक(पटक थरीथरीका खानेकुराको सन्तुलन मिलाउनुपर्छ । विजातिय खानेकुरा सेवन नगरौं । सकेसम्म सात्विक भोजन लिनुपर्छ । मसला कम भएको, शाकाहारीलाई प्राथमिकता दिनुपर्छ ।
खाना अघि पानी नपिउनुहोस् ननुहाउनुहोस्
खाना खानुअघि वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन । खाना खानु आधा घण्टा अघि वा पछि मात्र पानी पिउनुपर्छ । यद्यपी खानाका साथमा थोरै पानी सेवन गर्न सकिन्छ । त्यस्तै खाना खाए लगत्तै तुरुन्तै बलको काम नगरौं । साथै नुहाउनु पनि हुँदैन । खाना खानसाथ सुत्नु हुँदैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
