काठमाडौँ । गर्मीको समयमा हामीले हाम्रो शरीर र स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । गर्मीमा खानपिनमा त विशेष ध्यान दिनुनै पर्छ, यससँगै हाम्रो सुन्दरतालाई पनि जोगाउन आवश्यक हुन्छ । हाम्रो सुन्दरतासँग जोडिएको कपाल पनि हो । गर्मीमा कपाललाई कसरी हेरविचार गर्ने भन्ने बारे आज हामी जानकारी दिन्छौँ ।
– कपाल धुनु पहिले नरिवल, जैतुनको तेलले मसाज गर्ने, तर हरेक दिन भने कपाल धुनु हुँदैन । किनकी हामीले प्रयोग गर्ने स्याम्पूले कपालमा भएको प्राकृतिक तेललाई निकालिदिन्छ ।
– कामबाट साँझ घर फर्किसकेपछि कपाल राम्रोसँग कोर्नु पर्दछ ।
– कपालमा सकेसम्म हेयर ड्रायरको प्रयोग गर्नु हुँदैन किनकी यसको प्रयोगले कपाललाई रुखो बनाईदिन्छ ।
-घाममा बाहिर निस्कनु अगाडि कपडाले टाउको ढाक्ने गर्नुपर्दछ, यसबाट चर्को घाम र धुलोको असर कपालमा पर्न पाउँदैन ।
– चिसो कपाललाई कोर्नु हुँदैन, यसो गर्नाले कपाल टुक्रिने सम्भावना हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
