यी सात फाइदाका लागि बगाउँनुहोस् पसिना

एजेन्सी । कोही व्यक्ति धेरै पसिना बगेर दिक्क मान्छन् त कोही पसिना बगाउन नसकेर दिक्क मान्छन् । तर वास्तविकता यो हो कि स्वास्थ्यको लागि पसिना बग्नु राम्रो मानिन्छ ।

पसिना बग्दा शरीरमा भएको बिकार बाहिर निस्कन्छ, जसबाट धेरै किसिमका स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ ।

Advertisement

– पसिना बगाउँदा शरीरमा भएको क्यालोरी खर्च हुने भएकाले तौल घटाउन मद्दत मिल्दछ ।

– पसिना मार्फत शरीरमा हुने दुर्गन्ध बाहिर निस्कन्छ, जसले गर्दा छालामा हुने छिद्र सानो सानो प्वाल खुल्छ र स्किन सफा देखिन्छ ।

– पसिना बगाउँदा मृत कोषहरुको पनि नष्ट हुन्छ, जसले अनुहार चम्किलो बनाउँछ ।

– धेरै पसिना बग्दा हामी पानी पनि धेरै पिउने गर्छौँ, धेरै पानी पिउनाले मृगौलामा हुने पत्थरीको खतरा कम हुन्छ ।

– पसिना बग्दा शरीरको तापक्रम सन्तुलनमा रहन्छ, जसले तनाव भगाउँछ ।

– पसिनासँगै शरीरमा हुने पोटाशियम र सोडियम पनि बाहिर निस्कन्छ, जसले शरीरमा हुने केमिकललाई सन्तुलन गर्छ ।

– पसिना बगाउँदा शरीरमा रक्तचापको सन्तुलन समेत हुन्छ।

More News last news
Loading...