चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता हुन्छ। यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वपूर्ण छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनप्रणाली सक्रिय बनाउने लगायतका विभिन्न कार्य गर्छन्।
तुलसी सेवनले निमोनिया लाग्नबाट बचाउँछ । यदि तपाईलाई चिसो लागेको छ भने पनि कफ निकाल्न सहयोग गर्छ। यसले छातीको दुखाई पनि कम गराउँछ।
तुलसीको सेवनले ज्वरोको समस्या देखा पर्दैन । मुटु रोग भएका मानिसहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नु उत्तम मानिन्छ।
यसले मुखको दुर्गन्ध हटाउन सहयोग गर्छ। नियमित रुपमा बिहान तुलसीको पात खाएमा मुखको दुर्गन्ध हटाउँछ।
यसको सेवनले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मदत गर्छ। यसका लागि तुलसीको पात, डाँठको रस आदिमा दुध, मह मिसाएर पिउनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
