नङको सही हेरचाहले सुन्दरता बढाउनुका साथै स्वस्थ रहन सहयोग पु¥याउँछ । नङलाई सुन्दर तथा बलियो बनाउन सधैँ पार्लर धाउन पनि सम्भव हुँदैन। नङको सही तरिकाले हेरचाह गर्न केही घरेलु उपाय पनि अपनाउन सकिन्छ ।
-राति सुत्नुपहिले ओलिभ आयलले हल्का तरिकाले नङमा पाँच मिनेटसम्म मसाज गर्ने । त्यसपछि कटनको पन्जा लगाउने ।
-नरिवलको तेलमा एकचौथाइ मह र रोजमेरीको तेल मिलाउने । त्यसलाई अलिकता तातो बनाउने। नङलाई त्यो मिसाइएको प्याकमा १५ मिनेटसम्म डुबाएर राख्ने । यस्तो प्रक्रियाले नङ सुन्दर हुनेभन्दा पनि स्वस्थ हुन्छ । नियमित एक हप्तासम्म यो उपचार गर्दा नङ बलियो हुन्छ।
-सुन्तलाको ताजा रसमा नङलाई १० मिनेटसम्म डुबाउने । हप्तामा एक वा दुईपटक यसो गर्दा नङ बलियो र सुन्दर हुन्छ।
-एक चम्चा कागतीको रसमा तीन चम्चा ओलिभ आयल मिलाएर १० मिनेटसम्म नङलाई रगड्दा दह्रो हुनुका साथै चाँडै बढ्न मद्दत गर्छ । यो दिनको एकपटक गर्दा राम्रो हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
