काठमाडौं । महिलाहरुले उमेर बढ्दै गएपछि छालाको हेरचाह स्वरुप फेसियल गर्ने गर्छन्। अनुहारमा कुनै पेस्ट लगाएर गरिने मसाज नै फेसियल हो। अनुहारमा लगाइने पेस्ट अनुसार बजारमा फेसियलको दर फरक-फरक हुने गर्छ। जसमध्ये गोल्ड फेसियल, महँगो फेसियल मध्येमा पर्ने गर्छ। उक्त फेसियललाई घरमै पनि तयार गर्न सकिन्छ।
गोल्ड फेसियल को घरायसी तरिका :
अनुहार सफा गर्नुहोस्।
त्यसपछि तातो पानी तताउनुहोस् र त्यसले वाफ लिनुहोस्।
वाफ लिन झन्झट भए तातो रुमालले सेक्नुहोस्।
काँचो दुधमा गुलाबजल मिसाएर अनुहारमा क्लिंजिंग गर्नुहोस्।
अब स्क्रब गर्नको लागि चिनी र मह मिलाएर अनुहारमा लगाउंदै स्क्र्ब गर्नुहोस्।
नरिवलको तेलले मसाज गर्नुहोस्।
अब दहि, बेसार, मिल्क पाउडर, कागतीको रस, मह, घ्युकुमारी, नरिवलको तेलको पेस्ट बनाएर अनुहारमा लगाउनुहोस्।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
