यसरी गर्नुहोस् कपालको हेरचाह

अनुहारलाई सजाउन जति मेहनत गरिन्छ, त्यति नै कपालको पनि हेरचाह गर्नुपर्छ। तर जति अनुहारलाई ध्यान दिइन्छ त्यति नै कपाललाई भने ध्यान दिएको पाइँदैन।

कपालले व्यक्तित्वलाई निखार्न सहयोग गर्छ। रुपरंगमै परिवर्तन ल्याइदिन्छ। त्यसैले आजकाल पहिलाको तुलनामा मान्छेहरु कपालप्रति संवेदनशील भइरहेको पाइन्छ।

Advertisement

कपाल हेरचाह गर्ने सजिलो उपायहरु के हुन् त ?

१.चिसो कपालमा काईयो प्रयोग नगर्नुहोस : कपाल चिसो भएको अबस्थामा कपाल कोर्नाले कपाल सजिलै तन्किने हुनाले कपाल टुक्रने गर्छ । त्यसैले थारै सुकेपछि मात्र काईयो प्रयोग गर्दा उपयुक्त हुन्छ।

२.हट अयल मसाज : नरिवल तेललाई हल्का तताएर कपालको जरामा लगाउनुहोस । यसले तपाईको ब्लड फ्लो सामान्य राख्छ। साथै नरिवल तेलले हेयर फल हुँदैन । तपाई बादाम, सरस्युँ र अमलाको तेल पनि प्रयोग गर्न सक्नुहुँन्छ।

३.अदुवाको रस : अदुवा, लसून तथा प्याजको रस जस्ता प्राकृतिक रस कपालमा प्रयोग गर्नुहोस । यसलाई राम्रोसंग कपालको जरामा दल्नुहोस र पुरै रात राख्नुहोस र बिहान कपाललाई राम्रोसंग धुनुहोस ।

४.एलोभेरा : एलोभेराको रसले पनि कपाल झर्ने समस्याबाट छुट्कारा दिलाउन मद्धत गर्छ । एलोभेरा जेललाई कपालको जरामा सीधा लगाउनुहोस । यसले कपालमा हुने रूखोपन हटाउन मद्धत गर्छ । एलोभेरा बालोले पीएच लेवललाई पनि संतुलित बनाउँछ । एलोभेरा जेलले मसाज गरेको केही घण्टापछि कपाल धुनुहोस । यसलाई हप्तामा दुईपटक प्रयोग गर्न सकिन्छ।

५.नीम : नीमलाई पानीमा उमाल्नुहोस । उमालेपछि यसलाई चिसो बनाउनुहोस । नीमको पानी चिसो भएपछि यसले कपाल धुनुहोस । हप्तामा एक पटक यो मिश्रण लगाउनाले डैन्ड्रफको समस्याबाट मुक्त हुन सक्नुहुनेछ ।

६.अमला : अमलालाई नरिवल तेलमा उमालेर कपालको जरामा लगाउनुहनेस । यसको अलावा अमलासंगै शिकाकाई पाउडरको मिक्स गरीएको पेस्ट बनाएर कपालमा लगाउनुहनेस र केहि समयपछि धुनुहोस ।

७.दही : दहीले कपालको लागि बेस्ट कंडिशनरको जस्तै का गर्छ । दहीमा कालो मरिच मिलाएर कपालमा लगाउनुहोस । यसको अलावा दहीमा कागती मिलाएर कपालमा लगाउनाले कपाल नरम हुनुका साथै कपालमा शाइनिंग आईरहन्छ।

८.ग्रीन टी : मनतातो पानी र ग्रीन टीलाई कपालमा लगाउनुहोस । यसलाई एक घण्टासम्म राखेपछि धुनुहोस । ग्रीन टीमा एंटीअक्सीडेंट्स हुन्छ जसले कपाललाई झर्नबाट कम गर्छ।

९.तनावबाट मुक्त : कपाल झर्नाको ठेलो कारण तनाव हो । तनावमा रहनाले कापालको जरा कमजोर हुन्छ । यसबाट बच्नको लागि मेडिटेशन गर्नुहोस जसले हार्माेनल संतुलन बनाउँछ र कपाललाई हेल्दी राख्छ ।

More News last news
Loading...