एजेन्सी । शरीर गोरो बनाउने चक्करमा हामीले विभिन्न चीजको प्रयोग गरिरहेका हुन्छौँ। जसले छालालाई गोरो नभई कालो बनाइरहेको हुन्छ। आज हामी तपाईलाई अनुहार कालो बनाउने केही यस्ता बस्तुका बारेमा जानकारी दिदैछौँ ।
अनुहारमा नलगाउनुहोस् यी चीज
कागती
यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ।
बियर
बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ।
बेकिंग सोडा
यसमा पाईने अल्केलाइड्सले छालाको पीएच लेभल सन्तुलित रहँदैन। यसले छालामा दाग,धब्बा बन्छ र चमक कम हुन्छ।
पुदिना
यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ।
सुन्तला
सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ। यसले छालाको रंग कालो हुन्छ।
के लगाउने ? अनुहार गोरो र चम्किलो बनाउनका लागि समय समयमा काँचो दूध लगाउनुहोस् जसले सुख्खापना कम गरेर अनुहारलाई चमकदार बनाउने गर्दछ। त्यस्तै घ्यूकुमारी जेल लगाउदा पनि अनुहार चम्किलो र गोरो हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
