काठमाडौं । गर्मीको समयमा छालामा विभिन्न समस्याहरु आउँछन्। कालो पोतो तथा चायाँले धेरैलाई सताएको हुन्छ। ग्यारेन्टी सहितका भनिएका क्रिमले पनि छालालाई सफा बनाउन सकिरहेका हुँदैनन्।
केही क्रिमहरुले छालालाई केही दिन सम्म सफा बनाइदिन्छन्, तर त्यो फेरी पनि देखिन्छ र छालालाई नराम्रो असर पनि गर्छ। त्यसैले ती क्रिमहरुलाई भन्दा घरमा आफैले पेस्ट बनाएर लगाउनु उपयुक्त हुन्छ।
घरमा बनाएको पेस्टले ढिलो काम गर्ने भएतापनि छालालाई राम्रो बनाइरहेको हुन्छ र कुनै पानि किसिमको नोक्सान गर्दैन।
कालो दाग तथा चायाँ पोतो हटाउनको लागि भातको माड उपयुक्त हुन्छ। भातको माडमा मह, बेसन र बेसार मिलाएर पेस्ट बनाउनुहोस्। त्यो पेस्ट अनुहारमा लगाएर ३० मिनेटसम्म छोड्नुहोस् र ३० मिनेट पछि मसाज गरेर धुनुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
