तपाईलाई घामको एलर्जीले सताएको छ ? यसरी गर्नुहोस् घरेलु उपचार

गर्मी मौसम सुरु भइसकेको छ । घामको एलर्जीले कतिपयलाई सताउन सक्छ । तर अब नआत्तिनुस जोगिने उपाय हामी बताउदैछौँ ।

१. हरेक दिन दुई पटक चिसो पानीले नहाउनुहोस् ।

Advertisement

२. घामले एलर्जी बनाएको ठाँउमा वा कोतरिएको भागमा आलु पिधेर लगाउनुहोस् ।

३. घिउकुमारीले तपाईँको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ ।त्यसले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् ।

४. काँक्रो पिधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।

५. घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ति लगाउन पनि सकिन्छ ।

६. घाममा निस्कनु अघि सनस्क्रीन लगाउन नभुल्नुस्।

७. नरम कपडालाई भेनेगारमा डुवाई घामले डढेको छालामा लगाउनुहोस् ।

८. पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।

९. नरम कपडालाई चिसो दुधमा डुवाई त्यसले छालामा मालिस गर्नु फाइदा जनक हुन्छ ।

More News last news
Loading...