एजेन्सी । कपाल नुहाउनु सफा हुनु मात्र नभएर कपालको सुन्दरता पनि हो। सामान्यतया: कपालमा धूलो बसेपछि, मैलो भएपछि वा फ्रेस लुकको लागि कपाल नुहाउने गरिन्छ। तर विज्ञानका अनुसार कपाल हप्तामा कतिपटक नुहाउनुराम्रो हुन्छ त ?
अमरिकाको कोलम्बिया युनिभर्सिटीमा यस सम्बन्धि अध्ययन गरिएको छ। जसको नतिजाले यस्तो बतायो :
कर्ली कपालमा जरामा उत्पन्न भएको तेल तल सम्म सर्दैन, त्यसैले कपाल सुख्खा हुन्छ। कर्ली कपाल हुनेहरुले हप्ताको एक पटक मात्र नुहाउनुपर्छ। सिधा कपालको जरामा उत्पन्न हुने तेल लटामा पनि सर्ने हुँदा कपाल तैलिय भइराख्छ। सिधा कपाल हुनेहरुले हप्ताको दुई पटक नुहाउनु उपयुक्त हुन्छ।
कपाल तैलिय भयो भने हरेक दिन वा हप्ताको २/३ पटक नुहाउनुपर्छ भन्ने मान्यता गलत हो। छाला सुख्खा गराएर पनि फेरी तेल उत्पन्न भइराख्छ। यदि आफ्नो शरीरको छाला चिल्लो छ र कपाल तैलिय भैरहन्छ भने हप्ताको दुई पटक नुहाउनुपर्छ। त्यस्तै छाला सुख्खा छ भने, हप्ताको एकपटक नुहाउनुपर्छ।
कपाल बढी टुक्रिएको, बाङ्गिएको छ, कसेर रबरब्याण्ड लगाउने गरिन्छ, भने हप्ताको एक पटक मात्र नुहाउनुपर्छ। कपाल बिग्रिएको छैन र आफ्नो सिधा आकारमा छ भने हप्ताको दुई पटक नुहाउन सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
