हात कालो देखियो ? यसरी बनाउनुहोस् गोरो र चम्किलो

काठमाडौँ । कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ । कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ । कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ ।

गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने। केहीबेर राम्रोसँग मसाज गर्ने । हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ।

Advertisement

काँचो आलुको रस निकालेर हातमा लगाउने। लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने। एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात उजेलिन थाल्छ।

चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ । बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने। १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ।

More News last news
Loading...