गर्मी तथा वर्षातको समयमा घरमा माउसुली आएर हैरान बनाउने गर्दछन्। घरको भित्त भित्तामा माउसुली याताउता दौडिएर हामीलाई दिक्क बनाउने गर्दछन्। अब माउसुलीका कारण दिक्क नहुनुहोस्। आज हामी तपाईलाई घरबाट माउसुली भगाउने अचुक उपायका बारेमा जानकारी दिदै छौँ।
प्याज
जुन ठाउँमा बढी माउसुली आउने गर्दछन्, त्यो ठाउँमा राखिदिनुहोस्। प्याजको सुगन्धले गर्दा माउसुली भाग्ने गर्दछन्।
मयूरको प्वाख
भित्तामा मयूरको प्वाख लगाउदा पनि माउसुली भाग्ने गर्दछन्।
रातो खुर्सानीको धूलो
घरको कुनामा रातो खुर्सानीको पाउडरको स्प्रे बनाएर छर्किदा पनि माउसुली भाग्ने गर्दछन्। यो माउसुली भगाउने एकदमै राम्रो घरेलु उपाय हो।
मरिचको धूलो
कालो मरिचको पाउडरको घोल बनाएर घरको भित्तामा छर्किदा पनि माउसुली घरमा देखिदैनन्। यो पनि माउसुली भगाउन निकै राम्रो उपाय मानिन्छ।
लसुन
लसुनको सुगन्धबाट पनि माउसुली भग्ने गर्दछन्। त्यसैले माउसुली आउने ठाउँमा लसुन राख्नुभयो भने घरमा माउसुली देख्नु हुने छैन्।
कर्पुर
तपाईले किरा भगाउनका लागि जुन कर्पुरको प्रयोग गर्नुहुन्छ, त्यो माउसुली भगाउनका लागि पनि निकै महत्वपूर्ण छ। कर्पुरको प्रयोगले पनि माउसुली घरबाट भाग्ने गर्दछन्।
कफी पाउडर
कफी पाउडरलाई चुरोटको धूलोमा मिलाएर जहाँ जहाँ माउसुली आउने गर्दछन्, त्यो ठाउँमा राख्नुभयो भने माउसुली भाग्ने गर्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
